2026-07-05 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऊर्जामन्त्रीको पदबहाली: यस पटक इतिहास राख्ने गरी काम गर्ने प्रतिबद्धता

चैत २, काठमाडौँ (रासस) | नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रालयमा पद वहाली गर्दै आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रको उन्नयनका लागि सबै उपाय अबलम्बन गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

विगतका सरकार र मन्त्रीले अगाडि सारेको सकारात्मक कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्ने र काम गर्ने वातावरण बनाउने उहाँको भनाइ थियो । “विगतमा धेरै राम्रा कार्ययोजना बनेका छन् । अस्थिर राजनीतिक प्रणालीका कारण ती कार्ययोजना कार्यन्वयन हुन सकेनन् । अब हामी पाँच वर्ष स्थिर सरकार दिने लक्ष्यका साथ आएका छौँ”–नवनियुक्त ऊर्जामन्त्री पुनले भन्नुभयो । 


ऊर्जा मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनामा रहेको ढिलासुस्ती र अनियमिततालाई नियन्त्रण गर्ने समेत उहाँको कथन थियो । माथिल्लो तामाकोशी आयोजनालाई समयमै सम्पन्न गरिने, सिँचाइ आयोजनाका रुपमा रहेका रानी जमरा, कुलरिया, सिक्टा जस्ता आयोजनाको निर्माण कार्यलाई गति दिने र समयमै सम्पन्न गर्ने मन्त्री पुनले स्पष्ट पार्नुभयो । 

नवनियुक्त मन्त्री पुनले बिएलसम्म अध्ययन गर्नुभएको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका मन्त्री पुन अप्ठ्यारोमा काम गर्न स्क्ने क्षमता भएका नेताका रुपमा परिचित हुनुहुन्छ । 

विगतमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर पनि बजेट ल्याउन नपाएको भन्दै उहाँले यस पटक इतिहास राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री पुनले भेरी नदीमा निर्माण हुने भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको जग्गा प्राप्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । 

सो अवसरमा ऊर्जा, सिँचाइ र जल तथा ऊर्जा आयोगका सचिवहरुले आ–आफ्नो कार्यक्षेत्रको विषयमा मन्त्री पुनलाई जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै