2026-07-05 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी–प्रचण्डले पाँच वर्षमा माखो मार्दैनन्ः पुर्वमन्त्री राई

चैत ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टींका पोलिट्ब्यूरो सदस्य पदम राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्ड ढोंगी नेता भएको बताउँदै संयुक्त सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन् । उनले संसदीय व्यवस्था जनता विरोधी हुने भएकोले राम्रो गर्छु भन्नु दिउँसै सपना देख्नुजस्तै भएको दाबी गरे । “केपी र प्रचण्ड ढोंगी नेता हुन् । उनीहरुले जनताको पक्षमा काम गर्नु त गर्दैनन् नै, पाँच वर्षसम्म माखो समेत मार्न सक्ने छैनन्” राईले भने । 

शनिबार संवाद डबलीमा आयोजित ‘जनसांस्कृतिक सम्मिलन’ कार्यक्रममा बोल्दै नेता राईले नेकपा एमाले र माओवादी केन्द्रमा खराबहरुको बहुमत भएकोले बताए । “एमाले र माकेभित्र इमान्दार नेता–कार्यकर्त पनि छन् तर उनीहरु कम छन्, डाँका र बदमासहरु हाभी भएका छन् । त्यसैले ओली र प्रचण्ड डाँकाहरुका नेता हुन्, जनताको पक्षमा काम गर्दैनन्” राईले भने । 

पुर्वमन्त्री समेत रहेका राईले संसदीय व्यवस्थाले जनताको पक्षमा काम नगर्ने कुरा पुष्टि भइसकेकोले आफ्नो पार्टी वैज्ञानिक समाजवादको लागि संघर्षको थालनी गरेको बताए । 


कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य आजादले पुँजीवादी व्यवस्थाले कलाकारहरुलाई मनोरञ्जनका साधन मात्रै बनाउने भएकोले वैज्ञानिक समाजवादमा मात्रै हक र अधिकारको रक्षा हुने बताए । चलचित्र क्षेत्रमा दिनप्रतिदिन दलालीकरण बढेको भन्दै राईले त्यसविरुद्ध क्रान्तिकारी तथा प्रगतिशील कलाकारहरु नै जुट्नुपर्ने बताए । 

अखिल नेपाल जनसांस्कृति महासंघका महासचिव खेम थपलियाले राष्ट्रियता, जनतन्त्र र जनजीविका साथै, नेपाली जनताको वास्तविक जनसंस्कृति स्थापनाको लागि परिवर्तनकारी सांस्कृतिकर्मीहरुबीच ध्रुविकरण हुनुपर्नेमा जोड दिए । उनले राज्य व्यवस्थामा भइरहेको दलालीकारणसँगै सिंगो कलाकारिता क्षेत्रमा पनि दलालीकरण बढेको बताउँदै त्यसविरुद्ध फेरि संघर्ष थाल्नुपर्ने बेला आएको बताए । 

अखिल नेपाल क्रान्तिकारी चलचित्र संघका अध्यक्ष विवेक सापकोटाले चलचित्र क्षेत्रमा मौलाईरहेको श्रम शोषणसँगै विकृति विसंगतिविरुद्ध आफूहरु संघर्ष थाल्ने बताए । 

कार्यक्रममा विभिन्न पार्टीमा आस्था राख्दै आएका दुई दर्जन चलचित्रकर्मी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए । कलाकारहरु संयोग राणा, पार्वती कार्की, सम्राट बस्नेत,गणेश मल्ल ठकुरी,अर्जुन भुसाल,सन्जय थापा, सरुची लामिछाने,करुणा लामिछाने,अनराग ठकुरी,रोर्वट सिंह पौडेल,केशव भट्टराई,गणेश साउद,डम्बर बिक,विश्व घिसिङ दिलिप श्रेष्ठ,राजु लामा,राज गोले,कमलाई बर्देबा, कुशुम परियार,प्रेम परियार,विक्रम प्रसाद पण्डित,सस्मन चदारालगायत अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघमा प्रवेश गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै