2026-07-05 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीबाट ९५ जना मन्त्री ! रोल्पा-रुकुमका मात्रै ४३ जना मन्त्री बने

चैत ४, काठमाडौं | ०६२-६३ को जनआन्दोलनयता माओवादी केन्द्रका मात्रै ९५ जनाले मन्त्री बन्ने अवसर पाएका छन् । ०४६ सालयता सरकारमा ‘हालिमुहाली’ गरेका कांग्रेस-एमालेभन्दा ११ वर्षको अवधिमा बढी मन्त्री उत्पादन गर्ने पार्टी माओवादी बनेको छ । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ४ मा यो खबर छापिएको छ ।

दोस्रो जनआन्दोलनपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा माओवादी पहिलोपटक सरकारमा सहभागी भएको हो । त्यसयताको ११ वर्षमा ११ वटै सरकार बनेको छ भने ८ वटामा माओवादी सहभागी छ ।


०६६ मा बनेको माधवकुमार नेपालको सरकार, ०६९ मा बनेको खिलराज रेग्मीको चुनावी सरकार र ०७० मा दोस्रो संविधानसभापछि बनेको सुशील कोइराला नेतृत्वको सरकारबाहेक सबैमा माओवादी सहभागी छ । यसबीचमा तीनपटक माओवादी आफँैले सरकारको नेतृत्वसमेत गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले दुईपटक र डा. बाबुराम भट्टराईले एकपटक सरकारको नेतृत्व नै गरेका थिए ।

यो अवधिमा कुनै नेता यस्ता भाग्यमानी पनि बनेका छन् कि एकै जनाले ५-५ पटकसम्म मन्त्री बन्ने अवसर पाएका छन् । कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेल सबैभन्दा बढी मन्त्री बन्ने माओवादी नेता हुन् । अन्य धेरैजसो नेताले पनि सरकारमा दोहोरिने, तेहोरिने अवसर पाएका छन् ।

रोल्पा-रुकुमका मात्रै ४३ जना मन्त्री बने 

राज्यसत्तामा उत्पीडित वर्ग, क्षेत्र र लिंगको पहुँच नभएको जिकिर गर्दै १० वर्षसम्म हिंसात्मक विद्रोहमा सामेल भएको माओवादीले ११ वर्षको बीचमा रोल्पा-रुकुम दुई जिल्लाका मात्रै ४३ जनालाई ‘मन्त्री’ बनाएको छ ।

त्यसो त राज्यको महत्वपूर्ण पद उपराष्ट्रपति, प्रतिनिधिसभा सभामुखलगायतमा पनि ०७२ यता रोल्पाली माओवादी नेताले नै जिम्मेवारी सम्हाल्न पाएका छन् । अबको पाँच वर्ष उनीहरूले नै त्यो अवसर पाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै