राष्ट्रियसभाको आजको बैठकमा भएको हस्ताक्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राष्ट्रियसभाको आजको बैठकमा भएको हस्ताक्ष"/>

2026-07-05 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल निर्वाचित

2018-03-18

चैत ४, काठमाडौँ | राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल निर्वाचित हुनुभएको छ । 


राष्ट्रियसभाको आजको बैठकमा भएको हस्ताक्षरसहितको मत विभाजनमा माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा ४५ र नेपाली काँग्रेसका उम्मेदवार वृन्दादेवी आले (राना)को पक्षमा ११ मत परेको थियो । 

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा बहुमत भएकाले निर्वाचित भएको घोषणा गर्नुभएको थियो । दुवै उम्मेदवारको प्रस्तावमाथि राष्ट्रियसभाको आजको बैठकमा छलफल भई हस्ताक्षरसहितको मत विभाजन भएको हो । कूल ५९ सदस्यीय राष्ट्रियसभाको आजको बैठकमा ५६ सांसद उपस्थित हुनुहुन्थ्यो । 


बैठकमा काँग्रेसका मुक्ताकुमारी यादव र दुर्गा उपाध्याय अनुपस्थित रहनुभएको संघीय संसद सचिवालयले जनाएको छ । दाहालको प्रस्तावक दीनानाथ शर्मा र समर्थक दिलकुमारी थापा राउत रहनुभएको थियो भने आलेको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा सरिता प्रसाईं हुनुहुन्थ्यो । 

राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसक्नुभएको छ । संविधानको धारा, ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको व्यवस्था रहेको छ । 

राष्ट्रियसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र राष्ट्रिय सभाका सदस्यहरूले आफूमध्येबाट राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रियसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । 

राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी गर्नुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रिय सभाको अध्यक्षको अनुपस्थितिमा राष्ट्रियसभाको उपाध्यक्षले राष्ट्रिय सभाको अध्यक्षता गर्नेछन् । 

यसैबीच अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा नियमावली मस्यौदा समितिको सदस्यमा रहने व्यक्तिहरुको नामावली हेरफेर गरिएको बैठकमा जानकारी गराउनुभयो । समितिमा यसअघि रहनुभएका सदस्य गणेशप्रसाद तिमिल्सिनाको सट्टामा खिमलाल भट्टराई र जीवन बुढाको स्थानमा रामनारायण विडारी रहनुभएको जानकारी गराइयो । राष्ट्रियसभाको अर्काे बैठक यही चैत १३ गते दिउँसो १ बजे बस्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै