2026-07-05 12:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वन मुलुक समृद्धिको आधार हो: मन्त्री बस्नेत

2018-03-19

चैत ५, काठमाडौँ | वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रलाई उचित सदुपयोग गरेर मुलुक समृद्धिको प्रमुख आधार बनाउन सकिने बताउनुभएको छ । 

सञ्चारकर्मीसँग आज पुल्चोकस्थित आफ्नो सरकारी निवासमा छलफल गर्दै उहाँले मुलुकको आर्थिक समृद्धिका लागि वन क्षेत्रमा व्यापक र अपार सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो । 

मन्त्री बस्नेतले भन्नुभयो, “वन क्षेत्रमा अपार सम्भावनाका साथै संरक्षण र उपयोगलाई सँगै कसरी लैजाने भन्ने चुनौती पनि छ, यसमा सुशासन अनिवार्य शर्त हुनुपर्छ ।” वन क्षेत्रमा थोरै लगानीमा उचित व्यवस्थापन गर्न सके जनताका आवश्यकता पूर्ति, रोजगारी सिर्जना, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने उहाँको विश्वास थियो । 

“वन क्षेत्रको उचित सदुपयोग र व्यवस्थापन गरेर मुलुकमा विदेशी काठको आयात विस्थापनका साथै काठको निर्यातसमेत गर्न सकिन्छ”, उहाँले भन्नुभयो । मन्त्री बस्नेतले मुलुक संघीय संरचनामा गइसकेको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तीनै तहमा वन क्षेत्रको व्यवस्थापनका लागि नीतिगत र संरचनागत पुनःसंरचनाको अवश्यकता औँल्याउनुभयो । 

उहाँले वन मन्त्रालयमा वातावरण मन्त्रालय पनि पूरक भएर जोडिएकाले आगामी दिनमा दुवै विषयका कामलाई प्रभावकारी कार्यान्वयनमा लैजान कार्ययोजना बनाई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मन्त्री नियुक्त भएलगत्तै वन तथा वातावरण क्षेत्रका सबै सरकारी निकाय र सरोकारवाला विज्ञसँगको चरणबद्ध छलफलमा जुट्नुभएका मन्त्री बस्नेतले यस क्षेत्रको जानकारीपछि कार्यान्वयनमा अघि बढ्ने अवगत गराउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै