2026-09-13 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नयाँ शक्ति पार्टीको प्रदेश १ र २ को संयुक्त प्रशिक्षण तथा बैठक लहानमा शुरु

चैत ५, लहान | नयाँ शक्ति पार्टी नेपालको प्रदेश नम्बर १ र २ को संयुक्त तथा बैठक आजदेखि सिरहाको लहानमा शुरु भएको छ । 

लहानस्थित गोपाल सेवा समितिको सभाहलमा शुरु भएको प्रशिक्षण तथा प्रदेशस्तरीय बैठकको पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उद्घाटन गर्नुभयो । 

दुई दिनसम्म चल्ने प्रशिक्षण तथा प्रादेशिक बैठकलाई पार्टी संयोजक डा भट्टराईसहित नेता हिसिला यमी, प्रवक्ता डम्बर खतिवडा, परशुराम खापुङलगायतका नेताले प्रशिक्षण दिने कार्यक्रम रहेको सो पार्टीका नेता रामरिझन यादवले जानकारी दिनुभयो । 

आज दिनभरि संयोजक डा भट्टराईसहित नेताले प्रशिक्षण दिनुहुने र केन्द्रीय नेताकै उपस्थितिमा भोलि प्रदेश १ र प्रदेश २ को छुट्टाछुटै बैठक बस्ने कार्यतालिका रहेको नेता यादवले बताउनुभयो । 

कार्यक्रममा पार्टीले अघि सारेको नीति र कार्यक्रमको सन्दर्भमा व्यापक छलफल गरी बैठकबाट स्थानीयस्तरसम्म पार्टीको भूमिका प्रभाबकारी कसरी बनाउने भन्ने बारेमा ठोस निर्णय लिइने नयाँ शक्ति पार्टीका अर्का नेता राजेश रामले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन