2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘भ्रष्टाचार मुक्त समाज निर्माण गर्न माया र न्याय सँगै लिएर हिड्न हुदैन’

प्रज्वल पौडेल । चैत्र ६, काठमाण्डौ । नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले ‘माया र न्याय’सँगै लिएर हिड्दा ‘भ्रष्टाचार मुक्त समाज निर्माण गर्न’ नसकिने बताउनुभएको छ । मंगलबार सामाजिक संजाल फेशबुकमा स्टाटस मार्फत उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार मुक्त समाज बनाउनु भन्दा पहिले पार्टी र तिनका भात्रृसङ्गठनहरूले कसैसँग चन्दा लिन नहुने धारणा राख्नुभयो । नेतृत्व तहका नेताहरुले आफ्नो औकातभन्दा उच्च जीवन शैली नअपनाउने र इमान्दार कार्यकर्तालाई छक्याएर सेलिब्रेटी र धनाड्यहरूलाई अपर्झट राजकीय अवसर नदिने हो भनेपनि भ्रष्टाचार घट्ने पौडेलको बुझाइ छ ।

एमाले नेता पौडेललको स्टाटस जस्ताको तस्तै :

~”माया र न्याय”~

भ्रष्टाचार मुक्त समाज बनाउनु भन्दा पहिले ती पार्टी र तिनका भात्रृसङ्गठनहरूले->

* कतै/कसै (निर्माण ब्यवशायी, उद्याेगपति, व्यापारी, कर्मचारीअादि) संग चन्दा माग्नु हुँदैन ।

* ती पार्टीका तहतहका नेताहरू अाैकात भन्दा उच्च जीवन शैलिमा रहनु हुँदैन ।

* ईमान्दार कार्यकर्तालाई छक्याएर सेलिब्रेटी र धनाड्यहरूलाई अपर्झट राजकीय अवसर दिनु हुँदैन ।

* माया र न्याय संगसंगै हिंडाउन बलगर्नु हुँदैन ।

तब भ्रष्टाचार घटाउन सकिएला ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई