2026-07-05 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इमान्दार भएर जनताको सेवामा लाग्न मन्त्री पुनको निर्देशन

चैत८,काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बदलिएको परिस्थतिअनुसार काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

जलउत्पन्न प्रकोप व्यवस्थापन विभागमा आज आयोजित कार्यक्रममा उहाँले देश संघीय संरचनामा गइसकेकाले खटिएको ठाउँमा गएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । 

मन्त्री पुनले सरकारी सम्पत्तिको दुरुपयोग नगर्न कर्मचारीलाई सचेत गराउँदै “जनताको करबाट उठेको पैसाको दुरुपयोग भयो भने ठूलो अपराधसरह हुन्छ, त्यसैले तपाईहरुले कम बजेटमा धेरै काम गर्ने गरी योजना बनाउनुहोस्”, भन्नुभयो । 

जनताले विकासको परिणाम खोजेको छ, त्यसै अनुरुप तपाईहरु खरोरुपमा उत्रनुपर्छ, उहाँले जलवायु परिवर्तनका क्षेत्रमा ठूलाठूला चुनौती देखिएकाले त्यसको निराकरणका लागि तयार भएर बस्नसमेत कर्मचारीलाई निर्देशन दिनुभयो । 

विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले विभागद्वारा सम्पादित काम कारबाहीका बारेमा मन्त्री पुनलाई जानकारी गराउँदै वातावरणीय परिवर्तनका कारण देखिएका समस्या समाधान गर्न तथा जलउत्पन्न प्रकोप नियन्त्रणका लागि सबैको साझा प्रयास जरुरी रहेको बताउनुभयो । 

यसैबीच ऊर्जामन्त्री पुनले भोल्टेज समस्याका कारण पूर्र्वी तराई र पश्चिम तराईमा साँझको समयमा विद्युत् आपूर्तिमा समस्या आएको भन्दै तत्काल समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिनुभएको छ । 

भोल्टेजको समस्या समाधान गर्न र उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न मन्त्री पुनले कार्यकारी निर्देशकलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै