चैत्र १३ ,काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले यूरोपियन युनियनको प्रतिवेदन जातीय द्वन्द्व बढाउने उद्देश्यबाट आएको बताएका छन् । उनले सबैले यसको विरोध गर्नुपर्ने बताए । 

मंगलबार संवाद डबलीमा"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्र १३ ,काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले यूरोपियन युनियनको प्रतिवेदन जातीय द्वन्द्व बढाउने उद्देश्यबाट आएको बताएका छन् । उनले सबैले यसको विरोध गर्नुपर्ने बताए । 

मंगलबार संवाद डबलीमा"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इयूको प्रतिवेदनले जातीय युद्ध निम्त्याउँछः डा. कोइराला

२०७४, १३ चैत्र मंगलवार १३:२०

चैत्र १३ ,काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले यूरोपियन युनियनको प्रतिवेदन जातीय द्वन्द्व बढाउने उद्देश्यबाट आएको बताएका छन् । उनले सबैले यसको विरोध गर्नुपर्ने बताए । 

मंगलबार संवाद डबलीमा बसन्तश्रीद्वारा लेखित पुस्तक ‘यार्सा’ को विमोचन कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, “कुरा प्रष्ट छ, इयूले जातीय युद्ध निम्त्याउँने उद्देश्यले प्रतिवेदन तयार गरेको छ, त्यसको सबैले विरोध गर्नुपर्छ ।” उनले आर्थिक अवस्था कमजोर भएका खस, आर्यलाई पनि आरक्षणको कुरा गरिएको बताए । 

डा. कोइरालाले अर्को प्रसंगमा गाई काटेर खाने नखाने प्रश्न ठूलो नभएपनि राष्ट्रिय जनावार भएकोले काट्न नहुने बताए । “गाई काटेर मासु खानु भनेको हिन्दू धर्मालवम्बीको आस्थामाथि हमला हो” डा. कोइरालाले भने । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका अंगहरुलाई अलगथलग बनाएर निरंकुशताको अभ्यास गरिरहेको आरोप लगाउँदै डा. कोइरालाले भने, “प्रदेशदेखि केन्द्रसम्म कम्युनिस्टकै बहुमत छ तरपनि ओलीले जीले सबै शक्ति आफ्नो हातमा लिन खोज्दै हुनुहुन्छ । शक्तिको पृथकीकरणको बेवास्ता गरिँदैछ । अब विस्तारै मिडियामाथि सन्सर लगाईनेछ ।” उनले राष्ट्र र लोकतन्त्र अप्ठ्यारोमा परेको बताउँदै ओलीको निरंकुशतालाई स्वीकार नगर्ने बताए । 

चुनावमा भएको हारबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भएको जानकारी दिँदै डा. कोइरालाले कमजोरीलाई सच्चाएर जान सबै सहमत भएको बताए । उनले केन्द्रीय समिति बैठकपछि विधान संशोधन समिति बनाएर अगाडि बढ्ने गरी छलफल भइरहेको बताए । 

पुस्तकले हुम्लाको मात्र नभएर भाषा र संस्कृतिलाई उजागार गरेको बताउँदै नेता कोइरालाले लेखकलाई धन्यवाद दिए । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही, प्रा.डा. प्रेम शर्मा, डा. नारायण गडतौला, डा. दीपेन्द्र रोकाया, समाजसेवी बसन्ती शाहीलगायतले हुम्ली भाषामा लेखिएको पुस्तकमाथि चर्चा गरेका थिए । उनीहरुले पुस्तकले हुम्ली भाषा र संस्कृतिको संरक्षणमा सहयोग पुर्याउने विश्वास गरेका थिए । 

पुस्तकका लेखक बसन्त रोकायाले साहित्य समाजको चित्र र चरित्र, भाषा मानिसको पहिचान र प्राण भएको बताउँदै त्यसमा ईटा थप्ने प्रयास गरेको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित