चैत १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताउनुभएको छ । नेपाल जैन परिषदले आयोजना गरेको श्रमण भगवान महावीरको २६१७ औं जन्म कल्याणक महोत्सवको  आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताउनुभएको छ । नेपाल जैन परिषदले आयोजना गरेको श्रमण भगवान महावीरको २६१७ औं जन्म कल्याणक महोत्सवको  आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओल"/>
2026-07-05 09:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशमा शान्ति कायम गर्न हरेक व्यक्तिको सहयोग आवश्यक : प्रधानमन्त्री

चैत १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताउनुभएको छ । नेपाल जैन परिषदले आयोजना गरेको श्रमण भगवान महावीरको २६१७ औं जन्म कल्याणक महोत्सवको  आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“समाजमा शान्ती सुव्यवस्था कायम गर्न हरेक ब्यक्तिको योगदान महत्वपूर्ण हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मानिस मानसिक,आत्मिक रुपमा शान्त भएपछि व्यक्तिले अरुलाई दुःख दिनु हुदैन भन्ने महसुष गर्दछ । जब यस्ते भावनाको विकास गर्न सकिन्छ तब समाजमा शान्ती कायम हुन्छ । ” यस प्रकारको भावनाको विकास नहुँदा सरकारको एकल प्रयासले मात्र समाजमा शान्ती कायम गर्न मुस्किल हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

 समाजलाई शान्तीपूर्ण गोरेटोमा हिँडाउन महावीर जैनको महत्वपूर्ण भूमिका भएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ ।“२६१७ बर्ष अघि जन्मनु भएका महाबीर जैनको सान्दर्भिकता अझै उस्तै छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मानिसलाई शान्त बनाउन उहाँका उपदेश र उहाँको जीवनचर्याको चर्चा अहिले पनि उतिकै सान्दर्भिक छन् ।”

 प्रधानमन्त्री ओलीले जनताको बलले संविधान निर्माण भएकोले अब देश निर्माणमा लाग्नु पर्ने बताउनुभएको छ । “अब सबै जात,धर्म,सम्प्रदायले देशर देशबासीको हित,सुख र समृद्धिमा लाग्नु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ । देश निर्माणकै लागि संघीयता र लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएकोले यसको प्रवद्र्धनमा सबै लाग्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै