2026-07-05 04:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सुशासन कायम गर्न न्यायालयमा शुद्धताको खाँचो ः कानुन मन्त्री

2018-03-29

ताराबहादुर महत । चैत्र १५, दोलखा । न्यायालय शुद्ध नभई देशमा सुशासन कायम हुन नसक्ने भएकोले वर्तमान सरकार न्यायलयको शुद्धिकरण गर्न तयारीमा रहेको संघिय सरकारका न्याय कानुन तथा संसदिय मामिला मन्त्री शेरबहादुर तामाङले बताउनुभयो ।


दोलखाको सबैभन्दा पुरानो गौरीशंकर बहुमुखी क्याम्पसको ३७ औं स्थापना दिवसमा आयोजित समारोहलाई बिहिबार चरिकोटमा सम्बोधन गर्नुहुँदै मन्त्री तामाङले न्यायालयले न्याय सम्पादन गर्दा स्वच्छ, जनमुखी र पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । अरबौंको भ्रष्टाचार गर्नेहरु न्यायलयबाट सफाई पाएर आउने र आसेपासेहरुले माला लिएर स्वागत गर्न आउने परम्परा रहेको भन्दै अब त्यस्तो नहुने मन्त्री तामाङले विश्वास व्यक्त गर्नुभयो । ‘‘भ्रष्टाचार, बलत्कार लगायतका कुनै पनि जघन्य अपराधमा संलग्न अपराधीलाई सरकारले नियन्त्रणमा लिएर न्यायालयमा पठाएपछि सफाई पाएर फर्कने छैन’’, मन्त्री तामाङले भन्नुभयो ।

यसैगरी कार्यक्रमकालाई सम्वोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य पार्वत गुरुङले गौरीशंकर वहुमुखी क्याम्पसलाई शैक्षिक संस्थाहरुको नेतृत्वदायी भुमिका निर्वाह गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश नं ३ का सासद पशुपति चौलागाईले क्याम्पसलाई नयाँ विषयको खोजी सहित फरक पहिचानको शैक्षिक थलोको रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, भिमेश्वर नगरपालिका प्रमुख भरत केसी लगायतले शुभकामना सहित दोखलालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न योजना वनाएर अगाडि वढ्ने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा क्याम्पसको आर्थिक आयव्यय सहितको प्रगति प्रतिवेदन क्याम्पस प्रमुख शान्त केसीले प्रस्तुत गर्नुभएको थियो । क्याम्पसको स्थापना दिवसको अवसर पारेर क्याम्पसलाई आर्थिक सहयोग गर्नुहुने रामहरि श्रेष्ठ, विष्णुलक्ष्मी श्रेष्ठ र पुरुषोत्तम दहाललाई सम्मानपत्रबाट सम्मान गरिएको थियो । 

क्याम्पसबाट शिक्षाशास्त्र संकायमा स्नातकोत्तर उपाधि प्राप्त गर्ने ५० जना विद्यार्थीहरुलाई सम्मानोपहार प्रदान गरिएको छ । त्यसैगरीे शिक्षाशास्त्र शंकाय अन्र्तगत स्नातक तहबाट शारदा उप्रेति, व्यवस्थापन शंकायतर्फ शिला अधिकारी र मानविकी शंकायतर्फ श्यामकुमार बस्नेत उत्कृष्ट विद्यार्थी पुरस्कारबाट पुरस्कृत भएका छन् । दिवसको पुर्व सन्ध्यामा आयोजना गरिएको साताव्यापी कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको क्याम्पसले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै