2026-07-05 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्छ: सञ्चार राज्यमन्त्री

2018-03-30

चैत १६, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्ने बताउनुभएको छ । 

नेपाल मोबाइल वितरक संघद्वारा आज यहाँ आयोजित प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उहाँले व्यापारीको लगानी सुनिश्चित गर्न र करमा देखिएको छली रोक्न सबै व्यापारी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

राज्यमन्त्री बाँस्कोटाले मोबाइल फोनले जीवन शैलीमा सहजता ल्याउनुका साथै राष्ट्रिय अर्थतन्त्रमासमेत टेवा पुग्ने बताउँदै यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो । 

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले नेपालमा विभिन्न कम्पनीका करिब चार हजारको हाराहारीमा मोबाइलका मोडलको स्तर स्वीकृति भएको जानकारी दिँदै आइएमइआइ रजिष्टेसन गर्नुपर्ने बाध्यकारी नियम आएपछि करछलीबाट आएका मोबाइलमा केही कमी आएको बताउनुभयो । 

मोबाइल फोन इम्पोर्टर एशोसियनसनका अध्यक्ष दीपककुमार मल्होत्राले मोबाइलमा हुने कालोबजारीलाई रोक्न आफूहरू लागिपरेको भन्दै ग्राहकको चाहनाअनुरुप स्तरीय सेवा सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो । 

आयोजक संघका अध्यक्ष माधवप्रसाद रिजालले मोबाइलमा देखिएका विभिन्न किसिमको विकृतिलाई हटाउँदै जाने बताउँदै गुणस्तरहिन मोबाइल भित्रने क्रमलाई रोक्न राज्यले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले नेपाल मोबाइल वितरक संघ नामक स्मारिकाको विमोचनसमेत गर्नुभयो । 

एक तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा रु २५ अर्ब बराबरको मोबाइल विक्री हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै