२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार निर्धक्क भएर काम गर्छ: प्रधानमन्त्री ओली

२०७४, २१ चैत्र बुधबार १०:४०

चैत २१, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताउनुभएको छ । 


उहाँले भन्नुभयो, “देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । अब सरकार ढुक्कले देशमा विकासको मूल फुटाउने काममा लाग्छ । सरकार दायाँबायाँ अल्मलिने छैन । सबै क्षेत्रले सहयोग गर्नुहोस् ।” 

राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित दोस्रो सहकारी महासम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सरकारले कार्ययोजनाका साथ काम शुरु गरिसकेको जानकारी दिनुभयो । अहिलेको मुलुकको अर्थतन्त्र अनुकूल छैन, अप्ठ्यारो अवस्थामा रहेको छ, यस्तो अवस्थालाई सदाका लागि अन्त्य गर्न सरकारको प्राथमिकता रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले आर्थिक सुशासन कायम गर्नुपर्छ भन्नुभयो । 


उहाँले भन्नुभयो, “दुई छिमेकीको साथ र सहयोग लिई उनीहरुको विश्वास लिएर सरकारले काम गर्छ, उनीहरुले पनि सरकारसित सहकार्यका लागि तत्परता देखाइरहेका छन् ।” प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताका कुरा गर्दा अधिनायकवाद नआउने स्पष्ट पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र कसैले दिएको उपहार होइन, नेपाली जनताले दुःख गरेर ल्याएको व्यवस्था हो भन्नुभयो । 

मुलुकको आर्थिक समृद्धि हासिल गर्न सहकारी अपरिहार्य भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले सहकारीको विकासका लागि सरकारको ध्यान गएको छ भन्नुभयो । 

दुईदिने सो सम्मेलनमा नेपालसहित दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), जापान, इण्डानेशियालगायतका देशका सहकारी विज्ञको सहभागिता रहेको छ । दुईदिने सम्मेलनमा सहकारी आन्दोलनका उपलब्धि, सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सहकारीले खेल्ने भूमिका, सहकारी विकासका लागि आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा छलफल हुनेछ । 


सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले सहकारीको संख्यात्मक वृद्धिका साथमा गुणात्मक विकासको आवश्यकता रहेको उल्लेख गर्दै आगामी दिनमा सहकारीसित भएका पूँजी पर्यटन, कृषि, जलस्रोतलगायतका क्षेत्रमा थप परिचालन गर्न सक्ने वातावरण सरकारले मिलाइदिने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “राजनीतिक लोकतन्त्रका साथमा आर्थिक लोकतन्त्रलाई पनि सुदृढ बनाउनुपर्छ, सहकारी क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डका रुपमा थप बलियो बनाउनुपर्छ ।” 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सहकारी क्षेत्रलाई अझ सुदृढ बनाउन विनियमावली संशोधनका क्रममा रहेको जानकारी दिँदै सहकारीलाई उत्पादनसित जोड्नुपर्छ भन्नुभयो । उहाँले कृषि क्षेत्रमा सहकारीलाई थप आकर्षण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको चर्चा गर्नुभयो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले गरिबी निवारण गर्ने माध्यमका रुपमा सहकारी क्षेत्रलाई थप प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याउनुभयो । 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान उच्च रहेको हुँदा अगामी दिनमा सहकारीलाई बलियो बनाउँदै लानुपर्छ भन्नुभयो । 

सम्मेलन आयोजक संस्थाका अध्यक्ष केशव बडालले छिटो सहकारी विनियमावली ल्याउन माग गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही