2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको विदुर नगरपालिकाले एकैदिनमा सत्र कानून जारी गर्यो

चैत २२, नुवाकोट (रासस) | विदुर नगर कार्यपालिकाले बुधबार एकैदिन १७ वटा नयाँ कानून निर्माण गरी जारी गरेको छ । 

विदुर नगरपालिकाको दोस्रो नगरसभामार्फत ऐन, नियमावली, कार्यविधि र आचारसंहिता समावेश भएको १७ नयाँ कानून पारित गर्दै कार्यान्वयनमा ल्याएको प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो । 

पण्डितका अनुसार नगरपालिकाको वडा नं ११ का वडाध्यक्ष तोयानाथ तिमिल्सिनाको संयोजकत्वमा गठित विधेयक समितिले नगरसभामा पेश गरेको कानूनलाई दफाबार छलफलमार्फत बहुमतले पारित गरेको हो । 

“नगरकार्यपालिका सञ्चालनका लागि ४२ वटा कानून आवश्यक पर्छ ।” उहाँले भन्नुभयो, “केन्द्रले पठाएका नमूना कानूनको आधारमा विधेयक समितिमार्फत निर्माण गरी नगरकार्यपालिका र नगरसभामार्फत बाँकीलाई पनि क्रमशः निर्माणको तयारीमा जुटेका छौँ ।” 

नगरपालिकाले यसअघि स्थानीय प्राकृतिक स्रोतको खानी सञ्चालनका लागि राजपत्र जारी गरी भूकम्पपीडितलाई आवास निर्माण गर्न निर्माण सामग्री सहुलियत शुल्कमा उपलब्ध गराएको थियो । जिल्लामा रहेका १२ स्थानीय तहमध्ये अन्यले कानून निर्माण गर्न बाँकी नै रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई