Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकता घोषणाका लागि तयारी गर्ने निर्णय

२०७४, २२ चैत्र बिहीबार ०७:५६

चैत २२ काठमाडौँ | नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को आजको पार्टी एकता संयोजन समितिको बैठकले आगामी वैशाख ९ गते एकता घोषणा गर्न प्राप्त सुझावलाई सकारात्मकरुपमा लिँदै त्यसको तयारी गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मंगलबारको संयोजन समितिको बैठकमा पेश भएको सांगठनिक र वैचारिक कार्यदलका प्रतिवेदनमाथि छलफल प्रारम्भ गर्दै घोषणाको तयारीमा लाग्ने निर्णय गरेको हो । 

समितिका सदस्य केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणबाट फर्केलगत्तै संयोजन समितिको बैठक गरेर प्रतिवेदन पूर्ण अध्ययन गरी मिलाउन बाँकी विषयमा टुंगो लगाइने जानकारी दिनुभयो । 

नेता श्रेष्ठले उक्त मितिमा एकता घोषणा गर्ने सुझावलाई सकारात्मकरुपमा लिँदै त्यसका लागि आ–आफ्नो पार्टीमा तयारी गर्ने सहमति भएको पत्रकारलाई जानकारी दिनुभयो । एमालेले एकताको तयारीका लागि आउँदो वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । 

दूवै कार्यदलले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन आउँदो वैशाख ९ मा एकता गर्न सुझाव दिएका थिए । दुई दलबीच चुनाव चिह्न, जनयुद्ध शब्दावली, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन बाँकी छ । 

गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले एकता प्रक्रिया थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली