2026-07-05 10:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया गरिने

2018-04-06

चैत २३, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५÷७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तक्र्रिया गर्ने भएको छ । 

स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले यही चैत २६ र २७ गते काठमाडौँमा अन्तक्र्रियाका लागि सातै प्रदेशका सामाजिक विकासमन्त्री, सामाजिक विकास सचिव, सो मन्त्रालयका स्वास्थ्य संयोजक र स्वास्थ्यको योजना हेर्ने अधिकृतसँग अन्तक्र्रिया गर्न पत्र पठाएको छ । 

मन्त्रालयले गत चैत १२ गतेको राज्यमन्त्रिस्तरीय निर्णयअनुसार सातै प्रदेशमा आजसम्म आमन्त्रण पठाइसकिएको जनाएको छ । मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले अन्तक्र्रियामा आगामी बजेटमा स्वास्थ्यसम्बन्धी कार्यक्रम, बजेट बाँडफाँड र स्वास्थ्यका कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामीले प्रदेश नम्बर ३ का मुख्यमन्त्रीलाई पनि बोलाएका छौँ, अन्तक्र्रियामा प्रदेशले कस्तो स्वास्थ्य नीति बनाउँदै छन्, स्वास्थ्यका कार्यक्रम प्रभावकारी बनाउन के गर्ने, बजेट कसरी व्यवस्थापन र वितरण गर्नेलगायत स्वास्थ्यका सम्पूर्ण विषयमा दुई दिनसम्म छलफल हुनेछ ।” 

कार्यक्रममा हरेक प्रदेशका स्वास्थ्य संयोजक, स्वास्थ्य योजना अधिकृतले अहिले सम्मको स्वास्थ्यका गतिविधिको प्रस्तुतीकरण गर्ने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै