2026-07-05 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाबाट गोली प्रहार घटनाको छानवीन माग

2018-04-08

चैत २५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानवीनको माग गरेका छन् । 

राप्रपाका प्रवक्ता भुवन पाठकले आज विज्ञप्ति जारी गरी केही समयदेखि हिन्दूत्वलाई कमजोर बनाउने, हिन्दू धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभीत तुल्याउने उद्देश्यले घटना गराइएको आरोप लगाउँदै धार्मिक गुरु एवं व्यक्तित्वको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभएको छ । विज्ञप्तिमा अपराधीलाई सजाय दिन र यस प्रकारको घटना दोहोरिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 

राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले पनि विज्ञप्ति जारी गरी घाइते आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न अभियुक्तलाई पहिचान गरी दण्डित गर्न आग्रह गर्नुभएको छ । एकीकृत राप्रपा (राष्ट्रवादी) का केन्द्रीय सदस्य सुन्दर पाण्डेले पनि हिन्दू धर्मका पक्षमा वकालत गर्ने गुरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई प्रहार गर्ने योजनाबद्ध शृंखलाको विरोध गर्नुभएको छ । 

हिन्दू जागरण अभियानका प्रदीपविक्रम राणाले ‘हिन्दू धर्म, संस्कृति, परम्परालाई हतोत्साहन गर्न गराइएको’ उक्त घटनाका अभियुक्त, मतियारर योजनाकार सबैलाई कारवाही गर्न माग गर्दै घाइते गुरुको उपचारमा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै