२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

२०७४, २५ चैत्र आईतवार १०:४७

चैत २५ भारत | भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । 

विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका चान्सलर कृष्णकान्त पलले ‘डाक्टर अफ साइन्स’ को उपाधि प्रदान गर्नुभयो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरणमार्फत भारतलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेको विश्वविद्यालयसँग नेपालले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । नेपालका ७० प्रतिशत जनता कृषिमा आश्रित भएको बताउँदैै उहाँले भन्नुभयो, “यस विश्वविद्यालयका वैज्ञानिकसँग सहकार्य गरेर नेपालको परम्परागत कृषि प्रणालीलाई आधुनिकरण गर्नेछौंँ, त्यसका लागि हामी मिलेर काम गर्न चाहन्छौंँ ।” 

गोविन्दबल्लभ पन्त कृषि एवं प्रविधि विश्वविद्यालयले आफूलाई उपाधि प्रदान गरेर नेपाल–भारतबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याएको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा विश्वविद्यालयस्तरको सम्बन्धलाई पनि अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । 

उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री त्रिभेन्द्रसिंह रावतले नेपाल र भारतको उत्तर प्रदेशसँग जोडिएकाले पनि जनस्तरको सम्बन्धलाई प्रगाढ भएको बताउँदै विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई प्रदान गरेको उपाधिले उच्चस्तरको सम्बन्धलाई थप नजिक बनाएको छ भन्नुभयो । प्रधानमन्त्री नेपाल आफ्नो भारत भ्रमण सकेर आजै साँझ नेपाल फर्कंदै हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा