2026-10-15 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले भनेः ‘अब कर्णाली गरिब रहँदैन’

बैशाख २, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश अब गरिब नरहने बताएका छन् । आइतबार सुर्खेतथको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीलेअब कर्णालीमा विकासको गाडी तीव्र गतिमा अघि बढ्ने बताए । ‘जिन्दगी भर एउटा घर कहिलेसम्म बनाइरहने ? विकास निर्माणका कामहरु छिटो र छरितो रुपमा गर्नुपर्छ । यस कारण र उस कारणले विकास भएन भनेर भन्नुहुँदैन’ उनले भने, ‘यस प्रदेशलाई कसरी बढाउने भनेर केन्द्र र प्रदेशले सोचेको छ । यहाँको विकासको गाडीको इन्जिन ठिक छ, अब विकासको गति अघि बढ्छ । हामीले अब विकास गर्नैपर्छ ।’

समृद्धिको यात्रा कर्णाली प्रदेशबाटै थालिने भन्दै त्यसका लागि संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको प्रधानमन्त्रीले दावी गरे । ‘कर्णाली अब गरिब रहन्न र रहन दिनु पनि हुन्न’ प्रधानमन्त्रीले भने, ‘अबको यात्रा भनेको समृद्धिकै यात्रा हो ।’ उनले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकाङ्कमा पछाडि रहेको भन्दैसमृद्धिको यात्रा पनि यहीबाट सुरुवात गरिने बताए ।

देशमा दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा गुणस्तरीय हुनु पर्ने भन्दै उनले सबै उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको औल्याए । शिक्षाको अभावमा जनशक्ति दक्ष बन्न नसक्ने भन्दै दक्षजनशक्तिका लागि पनि सबै शिक्षित मात्र होइन बिशेषज्ञ हुनु पर्नेमा जोड दिए । आफुले मुगुबाट विद्यार्थी भर्ना अभियान सुरु गरेको भन्दै कसैले पनि विद्यालय बाहिर रहनु पर्ने अवस्था नरहेको उनले बताए । ‘देशको बिकासका लागि शिक्षित जनशक्ति जरुरी छ’ उनले भने, ‘अब सबै नागरिक शिक्षित भए मात्र देश बिकास सम्भव छ ।’ सरकारले कसैलाई पनि विद्यालय जान बञ्चित नगर्ने ओलीको भनाई छ ।

दक्ष जनशक्ति उत्पादन गरेर कृषिको आधुनिकरणतर्फ केन्द्रित हुनुपर्ने भन्दै उनले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन सकिने प्रसस्तै सम्भावना भएको दोहोर्याए । देश बिकासका लागि जनप्रतिनिधीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले नेतृत्वदायी भुमिका खेल्न जनप्रतिनिधीहरुलाई निर्देशन समेत दिए । कर्णाली प्रदेशका सबै जिल्लाहरुमा सुर्खेतदेखि सीधै हवाई सेवा सञ्चालनका गरिने प्रधानमन्त्रीले आश्वासन दिए ।  कृषि, जडिबुटी, स्वास्थ्य, पर्यटनको विकासका नयाँ योजना आवश्यक भएको प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री ओलीले वीरेन्द्रनगरको कुईनेपानीस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको प्रशासनिक भवनको अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीलले राम्रो भवनले मात्र शैक्षिक गुणस्तर बिकास नहुने भन्दै गुणस्तरीय शिक्षाका लागि दक्ष जनशक्ति आवश्यक हुने बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई पाठ्यक्रममा ७० प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गरी समायोजन गर्न सुझाव दिएका छन्। कार्यक्रममा रक्षामन्त्री इश्वर पोख्रेल, विश्वविद्यालका सहकुलपति एवं शिक्षा मन्त्री गिरिराजमणि पाखे्रल,पर्यटन मन्त्री रबिन्द्र अधिकारी लगायत उपस्थित थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने