2026-07-06 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुनसुकै स्थानमा पनि विरोध प्रदर्शन गर्न पाउनुपर्छ भन्दै नेविसंघले बुझायो सिडियोलाई ज्ञापनपत्र

2018-04-17

बैशाख ४ काठमाडौं | नेपाल विद्यार्थी संगठनले राजधानीका जुनसुकै स्थानमा पनि विरोध प्रदर्शन गर्न पाउनु पर्ने माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई मंगलबार ज्ञापनपत्र बुझाएको छ । 


 नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले सिडिओ केदारनाथ शर्मालाई भेटेर काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाउने भनि बैशाख २ गते गरिएको निर्णय तत्काल फिर्ता लिन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो । 

ज्ञापनपत्रमा कम्युनिष्ट सरकारले संविधानमै व्यवस्था गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रतासम्बधी मौलिक हकविरुद्ध  निषेधाज्ञा जारी गरेको आरोप लगाइएको छ । 

नेविसंघले  प्रशासनले उक्त निर्णय फिर्ता नलिए बैशाख १६ गतेदेखि नै सशक्त आन्दोलन  गर्ने चेतावनी समेत दिएको छ । 


सो अवसरमा नेविसंघका केन्द्रीय  उपाध्यक्ष रामप्रसाद अधिकारीसहित नेबिसघं केन्द्रीय सदस्य सुशील भट्टलगायतको समेत सहभागिता रहेको नेबिसघ नेता निरन्जन थापाले जानकारी दिए । 

केन्द्रीय सदस्य भट्टले अधिकारीले बाचन गरेको ज्ञापनपत्रको विषयबस्तुमाथि प्रकाश पारेका थिए । 

विरोध प्रदर्शनका नाममा काठमाडौंमा जथाभावी नारा, जुलुस, धर्ना र सभाजस्ता कार्यक्रम हुन थालेको भन्दै जिप्रका काठमाडौंले प्रदर्शन गर्ने ७ तोकेको  थियो । 


प्रशासनले  खुलामञ्च, तीनकुनेको खाली रहेको चौर, भगवान पाउको भुइखेल चौर, पेप्सीकोलाको खेलमैदान, सानोगौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउन्ड र सिफल चौरलाई विरोध प्रदर्शनस्थल तोकेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै