१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ टुहुरा बालबालिकाका अभिभावक बने पूर्व गृहमन्त्री शर्मा

६ बैशाख २०७५, बिहीबार १४:०८

वैशाख ६, रुकुम | प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुुभएको छ । 

ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् । 

पूर्वमन्त्री शर्माले बालबालिकालाई विद्यालय भर्ना गर्नाका साथै निःशुल्क विद्यालय पोशाकसमेत प्रदान गर्नुभएको थियो । आठविसकोट नगरपालिका वडा नं ९ मा रहेको सिस्ने हिमाल बालगृह र दीपज्योति आधारभूत विद्यालयमा १५ जना बालबालिकालाई भर्ना तथा पोशाक प्रदान गरेर उहाँले अभिभावकत्व ग्रहण गर्नु्भएको हो । 

अभिभावकीय जिम्मेवारी लिँदै उहाँले गुणस्तरीय शिक्षा नहुँदा बेरोजगारीको संख्या बढ्दै गएको बताउनुभयो । राज्यले प्रदान गर्ने सेवा सुविधा सबै नागरिकले समान तरिकाले पाउनुपर्ने मान्यता स्थापित गर्न आफूले टुहुरा बालबालिकाको जिम्मा लिएको पनि उहाँले बताउनुभयो । 

विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न पूर्वमन्त्री शर्माले स्थानीय तहहरुसँग आग्रह गर्नुभयो । 

आमाबुबा नभएर संरक्षकविहीन भएका बालबालिका नवराज बुढा, डिल्ली बुढामगर, किरण पुनमगर, खिमा ओली, सुशीला चनारा, पूर्णिमा शाही, रीता सार्की, रोशनी विक, देविका विक, जितबहादुर घर्ति, रुपा विक, विनीता सार्की, जीवन बटाला र तिलक बटालाको अभिभावकत्व उहाँले लिनुभएको हो । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह