Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ टुहुरा बालबालिकाका अभिभावक बने पूर्व गृहमन्त्री शर्मा

२०७५, ६ बैशाख बिहीबार १४:०८

वैशाख ६, रुकुम | प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुुभएको छ । 

ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् । 

पूर्वमन्त्री शर्माले बालबालिकालाई विद्यालय भर्ना गर्नाका साथै निःशुल्क विद्यालय पोशाकसमेत प्रदान गर्नुभएको थियो । आठविसकोट नगरपालिका वडा नं ९ मा रहेको सिस्ने हिमाल बालगृह र दीपज्योति आधारभूत विद्यालयमा १५ जना बालबालिकालाई भर्ना तथा पोशाक प्रदान गरेर उहाँले अभिभावकत्व ग्रहण गर्नु्भएको हो । 

अभिभावकीय जिम्मेवारी लिँदै उहाँले गुणस्तरीय शिक्षा नहुँदा बेरोजगारीको संख्या बढ्दै गएको बताउनुभयो । राज्यले प्रदान गर्ने सेवा सुविधा सबै नागरिकले समान तरिकाले पाउनुपर्ने मान्यता स्थापित गर्न आफूले टुहुरा बालबालिकाको जिम्मा लिएको पनि उहाँले बताउनुभयो । 

विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न पूर्वमन्त्री शर्माले स्थानीय तहहरुसँग आग्रह गर्नुभयो । 

आमाबुबा नभएर संरक्षकविहीन भएका बालबालिका नवराज बुढा, डिल्ली बुढामगर, किरण पुनमगर, खिमा ओली, सुशीला चनारा, पूर्णिमा शाही, रीता सार्की, रोशनी विक, देविका विक, जितबहादुर घर्ति, रुपा विक, विनीता सार्की, जीवन बटाला र तिलक बटालाको अभिभावकत्व उहाँले लिनुभएको हो । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली