2026-07-06 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपाको असन्तुष्ट पक्ष अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन

2018-04-20

वैशाख ७ काठमाडौँ | राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टीबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका छन् । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टीको महाधिवेशन नहुन्जेल यादवकै संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको घोषणा गरिएको छ । समितिका सहसंयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह तथा सचिवमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव एवं सदस्यमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित हुनुहुन्छ । 

संयोजक यादवले मधेश आन्दोलनमा ६३ मधेशीले ज्यान गुमाए पनि यसको फाइदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्षमण्डलका छ जना र उनीहरुका परिवारले मात्रै पाएको आरोप लगाउँदै ‘राजपाले मधेशी जनताको मूल कार्यसूची छाडेर सत्तामा जाने गृहकार्य गरिरहेकाले’ आफूहरुले नयाँ पार्टी गठन गरेको बताउनुभयो । 

सहसंयोजक सिंहले पार्टीमा आफू केन्द्रीय सचिव भए पनि अलोकतान्त्रिक प्रणालीबाट अध्यक्षमण्डलले जथाभावी निर्णय गर्ने गरेको आरोप लगाउँदै जुन राजनीतिक विषयका लागि आन्दोलन भएको थियो, त्यसमा पार्टी नेतृत्वले कार्य गर्न सकेन भन्नुभयो । राजपाबाट ३३ केन्द्रीय सदस्य अलग्गिएर निर्माण भएको नयाँ पार्टीले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई वैचारिक दृष्टिकोणमा समावेश गर्ने छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै