2026-07-06 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस मुख्यालयमा नेविसंघ विधिवत महाधिवेशन पक्षधरले गर्यो प्रदर्शन

2018-04-23

वैशाख १० काठमाडौं | नेविसंघका नेता कार्यकर्ताले  पार्टी कार्यालयमा विरोध प्रदर्शन गरेका छन् | सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चलिरहँदा नेविसंघका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । 


आज नेविसंघ महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर धर्ना र प्रर्दशन गरेका हुन् । धर्ना र प्रर्दशनपछि सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाइएको थियो । 

 ज्ञापनपत्र बुझ्दै सभापति  देउवाले नेविसंघको मागलाई गम्भीरता पूर्वक लिएर कार्यान्वयन गर्ने बताएका छन्।


सो अघि नेविसंघका कार्यकर्ताले  सभापति  देउवाको कार्यशैलीका कारण पार्टी चुनावमा पराजित र कमजोर  हुन पुगेको, नेविसंघका अध्यक्षले पनि संगठन स्वेच्छाचारी ढंगले चलाएको लगायतका आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए । 

उनीहरुले विधान विरोधी नेविसंघ नेतृत्वलाई पार्टीले संरक्षण बन्द गर्नुपर्ने, संगठनलाई पारदर्शी बनाउन तत्काल  महाधिवेशनको मिति तोकिनुपर्ने लगायतका माग समेत गरेका थिए । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले  अध्यक्ष नैनसिंह महरले  विधानको धज्जी उठाउँदै टीकेप्रथा कायम गरेको भन्दै त्यसलाई खारेज गरी विधिसम्मत ढंगले संगठन चलाउँदै तत्काल १२ औं महाधिवेशनको मिति घोषणा गर्न दवाव दिने उद्देयले नेतृत्वलाई ज्ञापनपत्र बुझाइएको बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै