2026-10-15 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णाली प्रदेश सभा बैठक: सरकारका निती तथा कार्यक्रममाथि छलफल

वैशाख १२, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको निती तथा कार्यक्रममाथि मंगलबारदेखि छलफल सुरु भएको छ । 

प्रदेश सभाको बैठकमा सांसदहरुले निती तथा कार्यक्रममाथि छलफल गर्दै स्वागत योग्य भएको बताएका छन् । उनीहरुले अब कार्यान्वयमा जोड दिन प्रदेश सरकारलाई ध्यानाकषर्ण गराएका छन् । सरकारले अब बजेट ल्याउँदा निती तथा कार्यक्रमलाई केन्द्रित गरेर प्रदेश सरकारको गरिवी र बेरोजगारी हटाउने र प्रदेशको उत्तरी नाका खोल्ने विषयमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । पहिलो पटक ल्याएको निती तथा कार्यक्रम ऐतिहासिक भएको उनीहरुले बताएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले निती तथा कार्यक्रम केन्द्रित बजेट ल्याउने कुरामा ध्यान दिनुपर्ने बताए । स्रोत र साधानले विपन्न भएकाले प्रदेशले के गर्न सक्छ भन्छौँ भनेर पहिचान गरेर प्राथमिकता दिनुपर्नेमा उनले जाड दिए । उनले निती तथा कार्यक्रममा अस्थायी संरचना बनाउनेमा प्राथमिकता दिएको भन्दै प्रदेशको समृद्धिका लागि स्थायी संरचना गराउन जरुरी रहेको बताए । बजेट ल्याउँदा संरचना विनाको बजेट सकारात्मक हुन गम्भिर भएर लाग्नुपर्ने जोड दिए ।

सांसद धर्मराज रेग्मीले निती तथा कार्यक्रम केन्द्रित भएर अब बजेट ल्याउनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकाले कानुनको संरचना बनाउन सचेत हुनुपर्ने र सांसदहरुसंग पनि समन्वय गर्नुपर्नेमा जोड दिए । उनले निती तथा कार्यक्रमको कार्यान्वयनमा जोड भन्दै भन्दै  गरिवी र बेरोजगारी हटाउन कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित भएर बजेट ल्याउन आवश्यक ल्याउनुपर्ने बताए ।

सांसदले देवी वलीले निति तथा कार्यक्रम अबको पाँच वर्षको कार्यकाल सफल गराउने संकेत भएको भन्दै अब कार्यान्वयनको महत्वपुर्ण हुने बताईन् । उनले बालबाबिबाह बहुविवाह अन्त्य र महिला हिंसा अन्त्य गर्ने निती तथा कार्यक्रम ल्याउनुपर्ने बताईन् । उनले प्रदेश सरकाले प्रदेशका उत्तरी नाका खोल्ने कामलाई अब ल्याउने बजेटमा प्राथमिकता दिनपर्नेमा जोड दिईन् ।

सांसद अमरबहादुर थापाले पनि प्रदेशको उत्तरी नाका खोल्नुर्पेमा जोड दिए । उनले उत्तरी नाका हिल्सा र नाक्चेनाग्ला र हिल्सालाई प्राथमिकता दिनुपर्ने र उत्तरी नाका र प्रदेशको राजधानी जोड्न तेलपानीसुर्खेत, मुगुहुँदै नाक्चेनाग्लाको सडक निर्माणमा ध्यान दिनुपर्ने बताए ।कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि ल्याएको नीति तथा कार्यक्रममा पर्यटन, जलविद्युत, कृषि र जडीबुटीलाई सम्भावनाको रुपमा औँल्याउँदै प्रदेशको विकास र समृद्धिका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ ।

निती तथा कार्यक्रममा भौतिक पूर्वाधार, सडक, पर्यटन र जलविद्युत्को विकासलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । प्रदेश सभा बैठक बुधबार १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने