2026-10-15 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

एमाले नेत्रीले गरीन्, अभिभावकत्व ग्रहण

नन्दराम जैसी | वैशाख १२, जुम्ला | विद्यालय जाने उमेरमा बिहान बेलुका गाँउघरका साथीभाईसँग गुच्चा खेल्दै, दिउसो घरको सानोतिनो काममा सघाएर दैनिकि बिताई रहेका तिला गाँउपालिका ८ का ७ बर्षिय बालक विजय बस्नेतले पहिलो चोटि विद्यालयको मुहार देखेका छन् । बिहान, बेलुका आफुसंगैका साथीहरुसँग रमाएपनी दिउसो भने, सबै बालबालिका विद्यालय गएपछि उनलाई एक्लै हुँदा दिन काट्न छट्पट्टी हुन्थ्यो ।     

गरीबी र अशिक्षाका कारण उनकी आमा दिपा र बुवा नरेश ले छोरालाई विद्यालय पठाउने सोचनै नगरेपछि उनले विद्यालय देखे तर पढ्न भने पाएनन् । कहिल्यै विद्यालयको मुहार नदेखेका र कापी, कलम समेत नसमातेका उनलाई पहिलो पटक विद्यालयसम्म पुर्र्याउन पनि धौ धौ पर्र्यो ।

सरकारले शुरु गरेको विद्यालय भर्ना अभियान अन्र्तगत एमाले नेत्री मेनका पछाँईले अभिभावकत्व ग्रहण गर्दै उनलाई विद्यालय भर्ना गरेपछि आईतबारदेखी पहिलो पटक बालक विजय बस्नेतले कापि, कलम समात्न पाएका छन् । अभिभावकत्व ग्रहण गरेकी नेत्री पछाँईले उनलाई उच्च शिक्षासम्म पढाउने प्रतिबद्धता गर्दै चन्दननाथ मा.वि खलंगा बजार, कक्षा नर्सरीमा भर्ना गरिदिएकी छन्, भने आजैबाट उनले कखरा पढ्न पनि शुरु गरेका छन् ।

उनिसँगै मुगु सोरु गाँउपालिका हाल चन्दननाथ ४ बस्ने ८ बर्षिया बालिका भावना शाहीले पनि आईतबार बाटै कखरा पढ्न शुरु गरेकी छन् । बालिका भावनाको अभिभावकत्व ग्रहण गर्दै नेकपा एमाले जुम्लाकी मेनुका रेग्मीले उनलाई विद्यालय भर्ना गरिदिएकी हुन् । पहिलो पटक विद्यालयको मुहार देखेका दुबै बालबालिकालाई विद्यालयको पोषक सहित आवाश्यक पठनपाठनका सामाग्रि उपलब्ध गराईएको छ, भने साथीभाईसँगै पहिलो पटक विद्यालय जाँदा उनिहरु निकै खुसी देखीन्थ्ये ।

बालकलाई विद्यालय भर्ना गर्दै अबिवाहित एमाले नेत्री पछाँईले भनिन्, ‘विजय मेरो लागि पहिलो सन्तान हो । भविष्यको बाटो निर्धारण गर्न विद्यालय नभई माटोसँग खेलिरहेको उसको अभिभावकको जिम्मा लिएर विद्यालय भर्ना गर्न पाँउदा सेवा गर्ने मौका मिलेको छ, अब उसको उच्चशिक्षासम्मको जिम्मा लिनेछुँ ।’   

जुम्लाका हजारौ बालबालिका अँझै विद्यालयको पँहुजभन्दा बाहिर रहेको दावि गर्दै सबै निकाय, तहतप्का तथा ब्यक्तिले उनिहरलाई विद्यालयको पहुँजमा ल्याउन भर्ना अभियानलाई प्रभावकारी जोड दिनुपर्ने उनले बताईन् । गरीबी र अशिक्षाका कारण विद्यालयको पहुँजमा आउन नसकेका जिल्लाका बालबालिकालाई पहुँजमा ल्याउन विद्यालयको मुख्य भुमिका रहने उनको भनाइ छ । तर जिल्लामा अहिलेसम्म कति बालबालिका विद्यालयको पहुँज बाहिर छन् भन्ने तथ्यांक भने कुनै पनि निकायमा छैन ।  

माथिको तश्विरमा: विद्यालय भर्नापछि बालबालिकासँग कुरा गर्दै, एमाले नेत्री मेनका पछाँई । तस्विरः नन्दराम जैसी ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा