2026-07-06 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई बर्षदेखि कांग्रेसमा कलह, त्यसमा पनि बाम गठबन्धनले टाउको दुखायो !

वैशाख १७, काठमाडौं | नेपाल कांग्रेसको भित्री कलह निर्वाचन पछि छताछुल्ल भएको छ । कांग्रेसको कलहको मुख्य कारण सभापति शेर बहादुर देउवा भएको कांग्रेस नेताहरुले खुलेर बताउन नसके पनि भित्री रुपमा बताउँदै आएका छन् ।

निर्वाचनमा हारेपछी हारको जिम्मेवारी लिन कांग्रेसका पौडेल सहितका नेताहरुले देउवालाई भने पनि देउवा आफ्नो कारण काँग्रेसले हारेको स्वीकार्न तयार छैनन् । आइतबार कांग्रेसको यसै सम्बन्धि बैठकमा हारको कारण बाम गठबन्धन भनेर सजिलो बाटोबाट उम्कन  खोजियो । तर कांग्रेसका कतिपय नेता हारको कारण बारे अझै असन्तुष्ट छन् । देउवाको खेमा बलियो भएकाले कांग्रेसका युवा नेता गगन थापा लगायत डराउने समस्या छ भने पौडेलले पछिल्लो समय देउवा विरूद्ध खुट्टा बजार्दै आएपनि देउवा पक्षलाई पेल्ने शक्ति उनि सँग नहुँदा भित्रभित्रै वाकयुद्ध जारी छ । निर्वाचनमा नमज्जाको हार चाखेको कांग्रेसले ५ बर्षसम्म कतैपनि खुट्टा हाल्ने ठाउँ नपाएपछी त्यसको आगोले उसलाई पोल्नु स्वभाविकनै हो । बामगठबन्धन नभएको भए माओवादीसँग मिलेर आफुलाई सत्तामा पुर्याउने उसको कसरत हुनसक्थ्यो तर अहिलेको स्थितिमा त्यो समेत सम्भव नभई सबै प्रदेश र संघीय सरकारमा उसको उपस्थिति शुन्य बन्दा कतिपय कांग्रेस नेताहरुलाई आगामी राजनीतिको बिषयमा बामगठबन्धन टाउको दुखाईको कुरा बनेको छ । जुन टाउको दुखाई अहिले कांग्रेसको बैठकभीत्र आफसेआफ उठ्ने गरेको छ ।

त्यसो त आज सोमबार पदाधिकारी चुन्नका लागि बस्ने भनिएको केन्द्रीय समितिको बैठक समेत स्थगित हुन पुग्नुले कांग्रेसभित्रको भीत्री कलह अझै बढेर जाने स्पष्ट छ । आजको बैठक पौडेल समूहले बहिस्कार गर्ने  चेतावनी दिएपछि स्थगित गरिएको बताइएको छ । साथै कांग्रेसले दाधिकारी चुन्नको लागि अर्को बैठक २१ गतेपछी राख्ने बताइएको छ । कांग्रेसभित्र एक किसिमको शक्तिको घमण्ड, अर्को किसिमको पार्टीको हारको जिम्मेवारीको बिषय र केहि बर्षदेखि नमिलेको नेताहरुको अधिकार सम्बन्धि तालमेलको कारण कलह जारी छ । महाधिवेशन भएर पनि दुई बर्ष  बितीसक्दा काँग्रेसले पदाधिकारी समेत चुन्न सकेको छैन । 

कांग्रेसभित्र विधानले तोके बमोजिमका पदाधिकारी तोक्नुपर्नेमा पार्टीको सभापति देउवाले लिए पनि बाँकी एक उपसभापति, एक महामन्त्री, दुई जना सहमहामन्त्री र एक प्रवक्ता मनोनयन गर्नुपर्ने तर भएको छैन । यस अघि सभापति शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई प्रवक्तामा मनोनयन गरेका थिए तर उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन गर्न सकेका छैनन् । 

नेपाली कांग्रेसको बैठकको निर्णयका सन्दर्भमा नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टि जनाउदै आएको छ । पौडेल पक्षले बहुमतको बलमा विधान विपरित बैठकबाट निर्णय गरेको भन्दै बिरोध गरेको छ । आजको बैठक स्थगित हुनुको मुख्य कारणनै पौडेल पक्ष भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै