2026-10-15 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीको संसद भवन मर्मत गर्न एक महिना लाग्ने

वैशाख १९, सुर्खेत | कर्णाली प्रदेशको संसद भवन मर्मत हुन अझै केही महिना लाग्ने भएको छ । वीरेन्द्रनगरको शैक्षिक तालिम केन्द्रमा निर्माणाधिन संसद हलको मर्मतको काम जारी रहेपनि सम्पन्न हुन अझै एक महिना लाग्ने भएको हो ।एक साता अघिदेखी तालिम केन्द्रको हलको मर्मत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले शुरु गरिसकेको छ ।

तर डेढ महिनामा मर्मत कार्यादेश सक्ने गरी कार्यालयले चार वटा निर्माण कम्पनीलाई जिम्मा दिएको छ । संसदको पहिलो अधिवेशनको अन्तिम बैठकमा बोल्दै एमाले संसदीय दलका नेता एवम् सांसद यामलाल कँडेलले अब बस्ने बैठक नयाँ भवनमा सञ्चालन गर्न आग्रह गरेको थिए । शैक्षिक तालिम केन्द्रस्थित मर्मत जारी रहेको हलको पछिल्लो कार्यवस्थाको अनुगमन कँडेलले गरेका छन् । ‘काम चलाउँ संसदमा ठाउँ साँघुरो भएकाले बैठक सञ्चालन गर्नै असहज छ’ कँडेलले भने,‘स्थायी संसद भवन मर्मतका लागि ताकेता गरेर दोस्रो अधिवेशन यहीँ सञ्चालन गर्दा राम्रो हुन्छ ।’

मर्मत जारी रहेको संसद हल निर्माणको कुल लागत करिव ९८ लाख छ । सभा हल निर्माणको जिम्मा बि. एण्ड पि, प्रविन र बबिता निर्माण सेवा तथा पिएस कन्स्ट्रक्सनले लिएका छन् । सभा हलको स्तरोन्नती अन्तर्गत ईको साउण्ड हटाउन फर्म राख्ने, दर्शक बस्ने लेभलको राईज, शिभिल, रङ रोगवन र विद्युतको काम जारी रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका प्रमुख थम्ब राज श्रेष्ठले जानकारी दिए । ‘केही समय लागेपनि गुणस्तरीय काम गर्न निर्माणमा केही ढिलाई भएको हो’ श्रेष्ठले भने,‘डेढ महिनाको समायाधि भएपनि त्यो भन्दा अगावै काम सम्पन्न गर्नेगरी जुटेका छौं ।’

कर्णाली प्रदेश सभाको पहिलो बैठक गत माघ २१ गते बसेको थियो । स्रोतका अनुसार सरकारी झन्झटिलो प्रक्रियाका कारण संसद भवनमा मर्मतमा ढिलाइ भएको बतायो । ‘टेण्डर आह्वान गर्नुपर्ने, टेण्डर खोल्नु पर्ने, निर्माण कम्पनीलाई निर्माणका लागि सूचना जारी गर्नुपर्ने लगायतका झन्झटिला प्रक्रिया छन्’ स्रोतले भन्यो,‘त्यसैले संसद बैठक शुरु भएको तीन महिना वित्नै लाग्दा पनि समयमै सक्न ढिलाई भएको हो ।’

दिर्घकालिन रुपमा असर नपुग्ने गरी काम राम्रो गर्नकै लागि संसद हल मर्मतमा केही समय लम्बिएको प्रमुख श्रेष्ठ बताउँछन् । मर्मत कार्य जारी रहेकाले अबको केही हप्तामै संसद सचिवालयलाई हल हस्तान्तरण गर्ने श्रेष्ठले जानकारी दिए । मन्त्रालय तथा संसद हलको लागि प्रतिनीधि र प्रदेश सभा निर्वाचन अगावै भवनहरुको टुङ्गो लगाएर लागत विवरणसहित प्रतिवेदन तयार गरेको थियो । हाल प्रदेश सभा बैठक अस्थायी रुपमा क्षेत्रीय सिँचाई डिभिजन निर्देशनालयको हलमा सञ्चालन हुँदै आएको थियो । २२ वटा बैठक बसेर पहिलो अधिवेशन मंगलबार राती १२ बजेदेखी लागू हुने गरी बैठक अन्त्य भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो