2026-07-06 03:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकका अधिकार पूरा भएको छैन्: नेता नेपाल

2018-05-03

वैशाख २० काठमाडौँ  | नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताउनुभएको छ । 

विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई आज यहाँ सम्बोधन गदै उहाँले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताउनुभयो । 

उहाँले ट्रेड युनियनका अधिकार सुनिश्चित नभएसम्म श्रमिक सधैँ थिचोमिचोमा परिरहने उल्लेख गर्नुभयो । नेता नेपालले समाज परिवर्तन गर्न श्रमिकले नै अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संसद्मा नेपाली महिलाको प्रतिनिधित्व भए पनि अझै ग्रामीण भेगका महिलाको पहुँच पुग्न नसकेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष मज्वाइण्डाइल माइकलले संसारका श्रमिकमाथि साम्राज्यवाद र पुँजीवादबाट हस्तक्षेप भइरहेकोले त्यसको विरुद्ध लड्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले सेमिनारले नेपालका श्रमिकको हक अधिकार स्थापित गराउन सहयोग मिल्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले नेपालका श्रमिकले वास्तविक श्रम पाउन नसकेकोे बताउनुभयो । 

उक्त बैठकले प्रेमल खनालको संयोजकत्वमा १७ सदस्यीय महासंघको नेपाल समन्वय समिति गठन गरेको छ । 

विश्व ट्रेड युनियनय महासंघमा नेपालका पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल प्रगतिशीत ट्रेड युनियन महासंघ, नेपाल समावेशी ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन फेडरेशन, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ आवद्ध रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै