२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली-प्रचण्डबीच सहमति जुट्यो, यस्तो छ सहमति

२०७५, २० बैशाख बिहीबार १४:५३

वैशाख २०, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच पार्टी एकतामा सहमति जुटेको छ । अब दुई पार्टीबीच एकताका लागि बनेको एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता घोषणाको मिति तय गर्ने भएको छ ।

ओली र प्रचण्डबीच भएको वार्तामा केन्द्रीय कार्यसमितिको भागवण्डा र चुनाव चिहृनबारे सहमति जुटेको हो । सहमति अनुसार चुनाव चिहृन सूर्य चिन्हनै हुने भएको छ ।

त्यस्तै एकता पछी २९९ सदस्यीय केन्द्रीय समिति बन्ने र दुबै पार्टीका झण्डै बराबरी सदस्य हुनेछन् । 

दुई पार्टी बीच सम्भव भएसम्म २३ गते र त्यस दिन नभए २४ गते पार्टी एकता संयोजन समितिको बैठक बोलाइने भएको छ । उक्त बैठकले माओवादी-एमाले पार्टी एकता घोषणाको मिति तय गर्ने भएको छ । जेठ पहिले साताभित्रनै पार्टी एकताको म्याद तोकिने तयारी छ भने त्यस यतानै वैचारिक तथा सांगठनिक प्रतिवेदनमा बाँकी संशोधनका काम गरिने सहमति भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ