वैशाख २३, काठमाडौं । माओवादी केन्द्रले कारवाही गरेको विश्वभक्त दुलाल 'आहुति' नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल नामको ५१ सदस्यीय समिति गठन गरिएको छ ।
शनिबार विज्ञप्ति जारी गरी सबै प्रकारको शोषण, उत्पीडन र पर्यावरण विनासका विरुद्धमा वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने संकल्पसहित नयाँ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल निर्माण गर्न लागिएको जानकारी दिईएको हो ।
नयाँ खुलेको पार्टीमा रमेश सुनुवार, विदुर खरेल, नवीन रिमाल, राजेश्वरी सुवेदी, जागृत रायमाझीलगायत ५१ जना समावेश छन् । पार्टीको नेतृत्व लिएका आहुति माओवादी केन्द्रबाट समानुपातिकतर्फ संसद समेत बनेका थिए । केहि महिना अघि माओवादी केन्द्रले तीन नेताहरु गोपाल किराती, विश्वभक्त दुलाल ‘आहुति’ र लोकेन्द्र बिष्टमगरलाई पार्टीबाट निष्कासन गरेको थियो ।