२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीय संसद्को दोस्रो अधिवेशन शुरु हुँदै

२०७५, २३ बैशाख आईतवार ०७:४२

वैशाख २३ काठमाडौँ | संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरूप आज अपराह्न ४ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा दुवै सभाका बैठक छुट्टाछुट्टै बस्दैछ । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट बोलाइएको संघीय संसद्को बजेट अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रमसमेत प्रस्तुत हुनेछ । 

संघीय संसद् सचिवालयका अनुसार दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाइने, शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने तथा अधिवेशनअघि जारी भएका चार अध्यादेश प्रस्तुत हुने कार्यसूची छ । 

बैठकमा आआफ्नो सभासँग सम्बन्धित नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । आजको बैठकपछि आगामी दिनका बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, संशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने, पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेश क्रमशः स्वीकृत हुनेछन् । 

सचिवालयले यही वैशाख २६ देखि २८ गतेसम्म (प्रि–बजेट) विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त अर्थमन्त्रीद्वारा प्रस्तुत भई सभामा छलफल गरिने प्रारम्भिक सम्भावित कार्यसूची बनाएको छ । अधिवेशनका क्रममा आगामी जेठ १ गते राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधनसमेत हुनेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन