2026-07-05 01:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो ट्विटबारे ओलीले प्रचण्डलाई यस्तो जवाफ दिए

वैशाख २६, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । 

भेटवार्तामा ट्वीट लगायत सञ्चार माध्यममा आएका विषयवस्तुले सृजना गरेका भ्रम माथिको छलफल पश्चात वातावरण सहज बनेको प्रचण्डको ट्विटर उल्लेख छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसँगको छलफलका क्रममा प्रचण्डले सोमबार केपी ओलीले गरेको टि्वटका विषयलाई लिएर प्रश्न उठाएका थिए । जवाफमा ओलीले  ‘मैले अर्कैथोक सोचेको थिएँ, तर त्यस्तो भाषामा टि्वट गर्दिएछन्’ भन्ने जवाफ दिएका छन् ।

दुई शीर्षनेतावीचको भेटमा पार्टी एकताका लागि विश्वासको वातावरण कसरी बनाउने भन्नेबारे छलफल भएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लेखेको ट्वीटले माओवादी नेताहरुलाई झस्काएको थियो । प्रधानमन्त्री ओलीले सोमबार आफ्नो आधिकारिक टि्वटर ह्याण्डलबाट कडा अभिव्यक्ति सार्वजनिक गर्दै लेखेका थिए – ‘हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ।किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।'

ओलीको ट्वीट अनुसार ‘समीकरण फेरिरहने बानी परेका’ भनेर माओवादी अध्यक्ष प्रचण्डलाई नै लक्षित गरेर भनिएको माओवादी नेताहरुको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै