2026-07-06 05:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले नेपालीको मनमा पुर्‍याएको चोटप्रति क्षमायाचना गर्नु जायज : विवेकशील साझा

बैशाख २७,काठमाडौँ । विवेकशील साझा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भ्रमणको अवसरमा विगतमा नेपालीको मनमा पुर्‍याएको चोटप्रति क्षमायाचना गर्नु जायज हुने धारणा व्यक्त गरेको छ । भारतले विगतमा लगाएको नाकाबन्दीले गर्दा आम नेपालीको मनमा लागेको घाउ अझै निको नभएको यथार्थसँग भारत अनभिज्ञ नभएको भन्दै विवेकशील साझाले टिप्पणी गरेको छ । 

नरेन्द्र मोदीको नेपाल भ्रमणको पुर्व संध्यामा विवेकशील साझा पार्टीले प्रेस वक्तव्य जारी गर्दै भनेको छ  "विगतका अन्य तिता अनुभव मेटिने गरी नेपाल-भारतबिच रहेका सीमा तथा सीमा क्षेत्रका भारतीय बाँधले उत्पन्न गरेको बाढी लगायतका विवादका विविध मुद्दाहरूको निरूपण गर्न पनि पारस्पारिक सम्मानका आधारमा दुवै देशका सरकारबाट पहल होस।"

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ र २९ गते हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचमा कतिपय विषयमा देखिएको अविश्वास हटाई पारस्पारिक सम्बन्धलाई थप मजबुत बनाउन योगदान गर्नेछ भन्ने  विश्वास विवेकशील साझाले लिएको जनाएको छ । 

मिथिला सभ्यताका लागि परिचित जनकपुर नेपालकै ऐतिहासिक तथा सांस्कृतिक धरोहरको एउटा केन्द्र हो। अन्तर्राष्ट्रिय छविका विशिष्ट पाहुनाबाट जनकपुरको भ्रमण र जानकी मन्दिरको दर्शन हुने विषयलाई हामीले राष्ट्रिय गौरवका रूपमा लिएको  विवेकशील साझा पार्टीले जनाएको छ।  जानकी मन्दिर सहित मुस्ताङको मुक्तिनाथ मन्दिरमा प्रधानमन्त्री मोदीले गर्ने धार्मिक अनुष्ठानले विश्वभर र विशेष गरी भारतीय जनता समक्ष यी दुवै स्थानको पहिचान र प्रचारप्रसारमा सकारात्मक योगदान पुर्‍याउने छ भन्ने चाहना राखेको पार्टीले जनाएको छ । 

प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपाली पक्षबाट आवश्यक कूटनीतिक सावधानीहरू नअपनाइएको भए पनि उनको भ्रमणलाई हाम्रो राष्ट्रिय एकताको भावना कमजोर गर्ने ढङ्बाट टीकाटिप्पणी नगरियोस् भन्ने विवेकशील साझाले आग्रह गरेको छ। भ्रमणको हार्दिक स्वागत गर्दागर्दै पनि हामी २०७२ सालमा विनाशकारी भूकम्पको लगत्तै प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले नेपालमाथि लगाएको अमानवीय र अन्तर्राष्ट्रिय कानुन प्रतिकूलको अघोषित नाकाबन्दीको स्मरण गराएको छ  । पार्टीले राज्य र जनस्तर दुवै तहमा घनिष्ट सम्बन्ध रहेको ठुलो छिमेकी देशबाट नेपालले विभिन्न बहानामा तेस्रो नाकाबन्दी भोग्नु अत्यन्तै खेदजनक घटना भनेको छ ।

प्रधानमन्त्री मोदीको नेपालको दुईदिने राजकीय भ्रमण सफल, सुखद र फलदायी रहोस् भन्ने  कामना समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै