Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

नेपाल–भारत मैत्री जनकपुर–अयोध्या बस सेवा शुभारम्भ

२०७५, २८ बैशाख शुक्रबार ०८:५९

वैशाख २८ जनकपुरधाम | प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा आज जानकी मन्दिर परिसरमा रामायण सर्किटको घोषणा गर्नुभयो । 

यसैगरी दुबै देशका प्रधानमन्त्रीले आजै जानकी मन्दिर परिसरमा संयुक्त रुपमा हरियो झण्डा देखाएर नेपाल–भारत मैत्री बस सेवा जनकपुर–अयोध्या–जनकपुरको शुभारम्भ पनि गर्नुभयो । 

सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गर्नुभयो । उहाँले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकामा निकै खुशी व्यक्त गर्नुभयो । 

भरतीय प्रधानमन्त्री मोदीले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतवासीका लागि भएको बताउँदै रामायण सर्किट र बस सेवाको सञ्चालनले विगतमा प्रधानमन्त्रीस्तरसम्म रहेको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नमा सहायकसिद्ध हुने धारणा व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “आदरणीय मेरा भाइ सा’ब नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मेरो स्वागतमा जनकपुर आइपुग्नुभएकोमा म धेरै खुशी छु”, भारतको पहिलो प्रधानमन्त्रीका रुपमा आज जनकपुरमा आइपुगेको छु, राजा जनकको र माता जानकीलाई प्रणाम गर्ने शौभाग्य पाउँदा हर्ष विभोर भएको छु ।” 

“नेपाल सरकार र प्रदेश सरकार तथा स्थानीय सरकारद्वारा जुन किसिमको स्वागत र सम्मान मलाई प्रदान गरिएको छ, त्यो हजारौँ वर्षको परम्पराको सम्मान हो,” भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो । 

उहाँले उक्त सम्मानले आफू निकै हर्षित भएको बताउँदै रामायण सर्किट दुवै देशमा यात्रा गर्ने सम्बन्धमा उदाहरणका रुपमा प्रस्तुत भएको धारणा व्यक्त गर्नुभयो । 

भारतीय प्रधानमन्त्री मोदीले आगामी दिनमा तीव्र रुपमा बढ्दै गइरहेको पर्यटनका माध्यमबाट आर्थिक विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्दै आफ्नो स्वागतका लागि गरेको प्रबन्धका लागि नेपाल सरकार, राज्य सरकार र नगर सरकार तथा स्वयं प्रधानमन्त्रीको पटक पटक प्रशंसा गर्नुभयो । 

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई जनकपुरमा स्वागत गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले जनकपुर–आयोध्या बस सेवा र रामायण सर्किटको अवधारणाले धार्मिक पर्यटनलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले जनकपुर र भारतको सम्बन्ध पौराणिककालदेखिकै भएको बताउँदै “मोदीको भ्रमणबाट हामी निकै खुशी छौँ, जनकपुरवासी धेरै खुशी छन् भन्नुभयो ।” 

राम र सीताको विवाह भएको सम्झनास्वरुप अयोध्याबाट रामको बरियात (जन्ती) ल्याउने र जनकपुरबाट सीता अन्माएर पठाउने प्रचलन अहिले पनि जारी रहेको कुरा स्मरण गर्दै उहाँले नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्ध युगौँ पहिलेदेखि नै रहेको धारणा व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले जनकपुर भन्नेबित्तिकै शिवको धनुष र राम सीताको विवाह सम्झना हुने, ज्ञानको कमी रहेको बेलामा पनि परशुराम, यज्ञवल्क्यजस्ता विद्वान्हरुको रहेको र ज्ञानका बारेमा बहस हुने गरेको पौराणिक प्रसंग जोड्दै जनकपुर ज्ञानभूमि रहेको बताउनुभयो । 

धनुषाधाम, जनकपुरस्थित जानकी मन्दिर र वाल्मीकि आश्रम मिलाएर रामायण सर्किटको निर्माण गर्ने भन्दै उहाँले दुई देशबीच यसअघि भएका सम्झौतामा विलम्ब भएको र अबको युग २१औँ शताब्दी भएकाले अब त्यसो नहुने दाबी गर्नुभयो । 

नेपालको दुई दिने राजकीय भ्रमणमा जनकपुर आउनुभएका भारतीय प्रधानमन्त्री मोदीले एक घण्टाभित्रै आफ्नो पूजाअर्चना गरी धार्मिकस्थल र जनस्तरमा सम्बन्ध जोड्ने कार्य आरम्भ गर्नुभएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली