२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली र मोदीबीच महत्वपूर्ण ५ समझदारी के-के भए ?

२०७५, २८ बैशाख शुक्रबार १७:४७

वैशाख २८, काठमाडौं । दुईदिने राजकीय भ्रमणका क्रममा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बीच ५ समझदारी भएको छ । 

शुक्रबार साँझ भएको भेटका क्रममा मोदी र ओलीले अरुण तेस्रोको शिलान्यास गरेका छन् थप ४ समझदारी पनि भएको छ । 

मोदीले रक्सौलदेखि काठमाडौं रेल्वेको सर्वे छिट्टै हुने सहमति भएको छ । यस अघि नेपालका प्रधानमन्त्री भारतीय भ्रमणमा रहँदा रेल्वे निर्माणमा सहमति गरेका थिए ।

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीका अनुसार नेपाल ल्याण्डलक कन्ट्री नहोस्, ल्याण्डलिंक र वाटर लिंक होस् भन्ने प्रधानमन्त्री ओलीको भिजनलाई साकार गर्न भारतले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

त्यस्ता मोदीको भ्रमणले नेपालको स्वास्थ्यमा समेत सहयोगको प्रतिबद्धता भएको छ । भारतले क्यान्सरको उपचारमा सहयोग गर्ने सहमति गरेको छ । भारतले नेपाल मा छिट्टै ट्रोमा रेडियो थेरापी मेसिन जडान गरिदिने भएको छ ।

त्यस्तै पञ्चेश्वरको डीपीआर छिट्टै हुने भएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर छिट्टै बनाउने सहमति पनि भएको छ । यसै बिषयमा मोदिले ९०० मेगावाट क्षमताको अरुण तेस्रोको शिलान्यास गरेको भन्दै ऊर्जा क्षेत्रमा नयाँ अध्याय जोडिएको बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्› मोदी नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाका वारेमा जानकारी लिनुहुँदै । तस्वीरः प्रदिपराज वन्त, रासस

त्यस्तै कृषिमा समेत भारतले सहयोग गर्ने जनाएको छ । अब छिट्टै नेपाल र भारतका कृषि मन्त्रीहरूको बैठक बसेर कृषि सहयोग अनुसन्धान, शिक्षामा सहयोगको रोडम्याप बनाउने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो