२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवेकशील साझाका प्रदेश संयोजकसहित १२ जना पक्राउ

२०७५, २९ बैशाख शनिबार ०८:०९

वैशाख २९, बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकिय भ्रमणमा रहेकै बेला 'मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं' भन्ने प्ले कार्ड सहित पर्दर्शनरत विवेकशील साझा पार्टीका प्रदेशका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बुटवलको पुष्पलालपार्कमा प्रदर्शन गर्ने क्रममा विवेकशील साझाको ५ नम्बर प्रदेश संयोजक अनुपमान सैंजू सहित एक दर्जन नेता कार्यकर्ता पक्राउ गरेको हो ।

उनीहरुले विवेकशील साझाको केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको भन्दै विरोध सहित प्रदर्शन गरेका थिए । उनीहरुले बुटवलको ट्राफिकचोकबाट पुष्पलालपार्कसम्म पर्दर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर समेत खोसेको थियो ।

केन्द्रीय कार्यालयमा पनि शुक्रबार सोही नारा अंकित कालो ब्यानर टाँगिएको थियो। तर, सो ब्यानर  प्रहरीले खोसेपछि केन्द्रीय कार्यलयमा पार्टीका शीर्ष नेताकै सहभागितामा बेलुनमा उक्त नारा टाँगेर उडाइएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा