२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नं ५ को मन्त्रिपरिषद् बैठक, के-के भए निर्णय ?

३० बैशाख २०७५, आईतवार १४:२१

वैशाख ३०, बुटवल | प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद् बैठकले विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति स्वीकृत गरेको छ । 

बैठकले विनियोजन विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । अब बस्ने प्रदेशसभाको बैठकमा विनियोजन विधेयकको सैद्धान्तिक छलफल हुने छ । 

यस्तै प्रदेश ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सोमबारदेखि शुरु हुने भएको छ । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेश प्रमुख झाको पत्रका आधारमा प्रदेशसभा सचिवालयले यही वैशाख ३१ गते सोमबार अपराह्न १ बजेका लागि बैठक अह्वान गरिएको प्रदेशसभा सचिव मानबहादुर विकले जानकारी दिनुभयो । यस अधिवेशनमा प्रदेश सरकारले आगामी आव २०७५/७६ का लागि सरकारको नीति, कार्यक्रम र बजेट ल्याउने छ । 

प्रदेश सरकारले चालु आवको २०७४/७५ को अन्तिम तीन महिनाका लागि रु एक अर्ब पाँच करोडबराबरको बजेट सार्वजनिक गरेको थियो । आगामी आव २०७५/७६का लागि प्रदेश सरकारलाई संघीय सरकारले करिब रु १५ अर्ब ४२ करोडको बजेटको सिलिङ रहेपनि प्रदेश सरकारले भने करिब रु २० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य