2026-09-19 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक छ: गृहमन्त्री थापा

वैशाख ३१ पोखरा | गृहमन्त्री रामबहादुर थापाले देशमा सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक भएको बताउनुभएको छ । 

प्रेस सेन्टर नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री थापाले देशमा यातायात, कृषि, उद्योगलगायतका धेरै क्षेत्रमा एकाधिकार मुठ्ठीमा लिएर बस्ने गरिएको बताउनुभयो । 

एकाधिकारले हाम्रो आर्थिक समृद्धि रोकेको बताउँदै उहाँले देशको विकासका लागि सबै किसिमका एकाधिकार अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । देशव्यापी रुपमा गुण्डाराज अन्त्यका लागि सरकार लाग्ने र यसका लागि सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । 

देशको पछौटेपनका कारण युवा जनशक्ति देश बाहिर रहेको र तिनलाई स्वदेश फिर्ता गर्न समृद्धि आवश्यक भएको मन्त्री थापाले बताउनुभयो । 

राष्ट्रको समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक भएका कारण वामपन्थी शक्ति एक बन्न लागेको बताउँदै उहाँले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताउनुभयो । 

“पार्टी एकताका लागि वैचारिक, राजनीतिक एवं सांगठनिक आधार तयार भइसकेको छ”, उहाँले भन्नुभयो, “एकताको मिति छिट्टै घोषणा हुनेछ, एकतासँगै देश विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ ।” 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री थापाले माओवादी मन्त्रीलाई ठाउँ नदिएको भन्ने विषय निराधार भएको बताउनुभयो । भ्रमणका क्रममा राष्ट्रिय स्वाभिमान र गौरवमा आँच आउने किसिमले केही व्यक्तिले सार्वजनिक अभिव्यक्ति दिएको भन्ने कुरा आएको बताउँदै उहाँले त्यस्ता अभिव्यक्ति दिने व्यक्ति स्वयम् जिम्मेवार रहेको र त्यसमा सरकार जिम्मेवार नभएको बताउनुभयो । 

प्रहरी सेवामा रोकिएका तल्लो तहका बढुवा प्रक्रिया शुरु भइसकेको र त्यो अघि बढ्ने मन्त्री थापाको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो