बुधबार प्रधानमन्त्री एवं एमाले अध्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बुधबार प्रधानमन्त्री एवं एमाले अध्"/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले–माओवादीबीचसहमति जुट्यो, यसरी हुदैछ भोलि नै पार्टी एकता

२०७५, २ जेष्ठ बुधबार १०:०७

जेठ २, काठमाडौं । मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन् ।


बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएपछि एकता सहमति जुटेको हो ।

सम्भवत भोलि मदन भण्डारी स्मृति दिवस कै दिन एकता घोषणा हुनेछ । 

मदन भण्डारी स्मृतिको एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको र दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ। साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको माओवादी उच्च स्रोतले बताएको छ। सम्भव भए भोलि नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने तयारी रहेको छ ।

आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वार्ता भएको थियो  । 

पार्टी एकता घोषणाका लागि दुवै पार्टीले आन्तरिक तयारीमा जुटेका छन् । यसका लागि दुवै पार्टीले आन्तरिक तयारी शुरु गरेका छन् ।

आज साँझ चार बजे एमालेले स्थायी समिति र माओवादीले केन्द्रीय कार्यलय सचिवालयको वैठक आव्हान गरेका छन् ।

दुई अध्यक्ष ओली र प्रचण्डबीच थुप्रै वान टु वान वार्ता भएपछि एकअर्काप्रति विश्वासको वातावरण नबन्दा एकता हुन सकेको थिएन ।

यही कारण वैशाख ९ मा गर्ने भनिएको एकता हुन सकेन । यसबीचमा सचिव सरुवादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका उच्चस्तरीय वार्ताहरुमा आफ्ना मन्त्रीहरुको सहभागिता नगराएको भन्दै माओवादी नेतृत्वले असन्तुष्टि जनाएका थिए । बेलाबेला दुई दलबीच खटपट पनि देखियो थियो।  आजको बसेको बैठकले दुबै पार्टीबीच सहमति जुटेको हो |

पार्टी एकता घोषणा गर्नुअघि एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । सम्भवत यो नै अन्तिम बैठक हुनेछ ।

माओवादीले पनि बैठक बोलाएको छ । एकीकृत पार्टीको नाम ‘नेकपा कम्युनिष्ट पार्टी’ राख्ने सहमत दलहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेका छन् । यद्यपि यो संख्या केही बढ्न सक्ने एमाले र माओवादी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ