2026-07-06 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले माओबादी एकता बारे डा.बाबुराम भट्टराईको पहिलो टिप्पणी

जेठ ३, काठमाडौं । देशका दुई ठूला कम्युनिस्ट पार्टी, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर  नेपाल कम्युनिस्ट पार्टी बनेको छ ।नेपाल कम्युनिस्ट पार्टी बनेपछि तत्कालीन माओबादी केन्द्रका उपाध्य्क्ष रहेका बाबुराम भट्टराईले मार्क्सीय दर्शनमा आधारित वैकल्पिक राजनीतिक आन्दोलनको एक अभियन्ताको नाताले भन्दै सामाजिक संजालामा पहिलो टिप्पणी व्यक्त गरेका छन् । उनले गरेको टिप्पणी यस्तो छ :

नेपालका दुइ प्रमुख 'कम्युनिष्ट' घटक एमाले र माओवादी केन्द्रको आपसी विलय समकालीन नेपाली राजनीतिको एउटा निकै महत्वपूर्ण विषय हो।यसलाई कसैले पनि केही हैन भनेर नकार्न मिल्दैन। यो विषयमा आगामी केही समय राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चा हुने नै छ। 

० एउटै विचार, नीति , कार्यक्रम, संगठनात्मक प्रणाली, कार्यशैली अंगिकार गर्ने पार्टीहरू वीच एकता हुनु राम्रो कुरा हो।त्यस अर्थमा 'कम्युनिष्ट' शब्दप्रति ऐतिहासिक कारणले नेपाली जनता र कार्यकर्ताको ठुलो हिस्सामा आकर्षण बाँकी रहेकाले आफुलाई कम्युनिष्ट पार्टी भने पनि ब्यबहारमा राज्य पुँजीवाद/ क्रोनी क्यापिटालीज्मलाई अपनाइसकेका ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी राजनीतिक वर्चस्वकालागि आपसमा विलय हुनु स्वाभाविक हो।


२०५२ साल अघिदेखि नै राजतन्त्र अन्तर्गत जबजको नाउँमा त्यो बाटो समातीसकेको एमाले र त्यसका विरूद्ध दशवर्षे जनयुद्ध संचालन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न निर्णायक भूमिका खेल्ने माओवादी वीच अहिले मूलत: एमालेकै राजनीतिक कार्यदिशा र वर्चस्व अन्तर्गत एकीकरण हुनु चाहिं विडम्वनापूर्ण कुरा हो। यसले मुख्यत: जनयुद्ध, मधेस/थारू आन्दोलन र जनजाति आन्दोलनको बलमा प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी/समानुपातिक लोकतन्त्रको रक्षा मर्जर पश्चात बनेको पार्टीले कसरी गर्ला भन्ने गम्भीर प्रश्न उठ्नेछ। ऐतिहासिक जनयुद्धको दशबर्षसम्म विपरित ध्रुवमा उभिएका र एकअर्कालाई सिध्याउने मनोविज्ञान बोकेका दुइ पक्षका नेताकार्यकर्ताको मिलन कसरी होला अर्को व्यवहारिक समस्या हुनेछ। कि त एमालेजनले जनयुद्धमा नलाग्नु र विरोध गर्नु गलत थियो भन्ने भित्री मनले स्वीकार्नु पर्यो कि प्रचण्ड माओवादीले जनयुद्ध गलत र अपराध थियो भनेर पश्चाताप गर्नुपर्यो! दुवै एकैसाथ सही कसरी हुनसक्छन् ?

० वैचारिक रूपले सबभन्दा गम्भीर समस्या शास्त्रीय मार्क्सवाद-लेनिनवाद-माओवादले परिभाषित गरेको दार्शनिक , राजनीतिक अर्थशास्त्रीय र वैज्ञानिक समाजवादका सिद्धान्त र मूल्यमान्यता परित्याग गर्ने तर 'कम्युनिष्ट पार्टी' को ब्यानर/ ब्राण्ड चाहिं समातिराख्ने कुराले ल्याउने असाध्य अन्तर्विरोध कसरी हल होला?

० यो स्थितिमा इमान्दारीपूर्वक विगतका उपलब्धीको रक्षा गर्दै आगामी दिनमा देशमा राष्ट्रिय औद्यौगिक पुँजीवादको विकास गर्दै समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाँ समाजवादी विचार र पार्टीको निर्माणमा लाग्नु र त्यसनिम्ति वृहद राजनीतिक ध्रुवीकरण गर्नु उपयोगी र वस्तुवादी होला कि!

डा.बाबुराम भट्टराईको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै