गणतन्त्र दिवस मुल समारोह समितीका अध्यक्ष समेत रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गणतन्त्र दिवस मुल समारोह समितीका अध्यक्ष समेत रहेक"/>

2026-07-05 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्र दिवसलाई जनस्तरसम्म पुर्याउनुपर्छ: प्रम ओली

2018-05-18

जेठ ४, काठमाडौ | प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरसम्म पुर्याउनु पर्ने बताउनुभएको छ ।


गणतन्त्र दिवस मुल समारोह समितीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्नुहुदै यस्तो निर्देशन दिनुभएको हो । 

गणतन्त्रलाई सरकारी दिवस जस्तो नबनाएर जनताको उत्सव जस्तो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “गणतन्त्र सरकारी दिवस होइन जन दिवस हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो दिवस गाउँपालिकासम्म नै मनाउनु व्यवस्था गर्नुपर्दछ ।”


 लामो संघर्षबाट गणतन्त्र ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई बिस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले दैनिक कामकाजलाई बाधा नहोस भनेर यो वर्ष गणतन्त्र दिवसको सार्वजनिक विदा कटौती गरिएको बताउनुभयो । “विदा बसेर मात्र गणतन्त्र मनाइने होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “कार्यलय समय बाहिरको समयमा दिवश मनाऊँ । कार्यलय समयमा काम गरौं ।”

गणतन्त्र दिवशका दिन ब्यापक रुपमा परिसंवाद कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीले निर्देश्न दिनु भएको छ । “गणतन्त्रका बिषयमा कोही कसैलाई कुनै भ्रम हुनसक्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस्ता भ्रम हटाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग परिसंवाद कार्यक्रम गर्नु उपयुक्त हुन्छ । ”

टुंडिखेलमा जेठ १५ गते मनाइने गणतन्त्र दिवशको शैली पनि परिमाजर्न गर्नु पर्ने प्रधानमन्त्रीको प्रस्ताव छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै