Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाजवादी काँग्रेसले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने

२०७५, ७ जेष्ठ सोमबार ०६:३५

जेठ ७ काठमाडौँ | नेपाल समाजवादी काँग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भएको छ । 

समाजवादी काँग्रेसले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा देशमा व्यापक भ्रष्टाचार बढेकाले आन्दोलन जरुरी भएको घोषणा गर्यो । 

पार्टीका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दू राज्य स्थापना गर्न आन्दोलनको घोषणा गरिएको बताउनुभयो ।

सरकार पछिल्लो समय दमनकारी बाटोमा लागेकाले जनताले अधिकार पाउन नसक्ने उहाँले दाबी गर्नुभयो । 

पार्टीका महासचिव गोविन्द निरौलाले सरकारले शान्तिपूर्ण आन्दोलन गर्नसमेत रोकेको आरोप लगाउनुभयो । शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा पार्टी कार्यालयमा सरकारले धरपकड गरेकामा उहाँको आपत्ति थियो । 

“सरकारले जनताका आधारभूत अधिकारको समेत ख्याल गरेन, अब हामी सरकारविरुद्ध कडा तर शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं”, महासचिव निरौलाले भन्नुभयो । 

पार्टीले वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा विरोधमा ५२ स्थानमा पर्चा वितरण गरेको थियो । त्यसलगत्तै प्रहरीले पार्टी कार्यालयबाट केन्द्रीय सदस्य पार्वती थापासहित कार्यकर्तालाई गिरफ्तार गरी छ दिनपछि रिहा गरेको थियो । 

सो दिन प्रहरीले समाजवादी काँग्रेसको बानेश्वरस्थित पार्टी कार्यालयमा ताला फोडेर कागजपत्रसमेत लगेको थियो । त्यसयता बन्द रहेको सो पार्टीको कार्यालय पनि आजै पत्रकार सम्मेलन गरेर खोलिएको छ । छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्नेसमेत सो अवसरमा जानकारी गराइयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता