२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै पार्टी सभापति र वर्तमान नेकपा नेतृत्वको सरकारविरुद्ध उर्लियो नेबिसंघ

२०७५, ११ जेष्ठ शुक्रबार १०:४५

जेठ ११ काठमाण्डौ | नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किरहेका बेला नेविसंघ काठमाडौं जिल्लाको आयोजना र केन्द्रिय समितिको समन्वयमा शुक्रबार दिउँसो राजधानीमा बिशाल विरोध प्रदर्शन गरेको छ ।


प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा नेविसंघ नेताहरु महामन्त्री कुन्दन काफ्ले र मनोज मणि आचार्यको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा नेबिसंघ महामन्त्री कुन्दन राज काफ्ले ,उपाध्यक्ष रामप्रसाद अधिकारी,नवीन राई ,नेता दीपक भट्टराई ,डुजाङ शेर्पा काठमाडौं सभापति मनोज बैध्य लगायतले सम्बोधन गरेको नेबिसंघ केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए ।


कांग्रेस र नेविसंघको झण्डासहित ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका सन्देश लेखिएका ब्यानर बोकेका थिए ।

आफ्नै पार्टी सभापति र वर्तमान नेकपा नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएका नेविसंघका केही कार्यकर्ताहरुले विरोधको प्रतिकात्मक स्वरुप पूरै शरीर ढाकिने कालो कपडा  लगाएको नेबिसंघ नेता निरन्जन थापाले  बताए  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा