2026-07-06 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पार्टी भित्रको आन्तरिक गुटबन्दीले कांग्रेसले हार्नुपर्यो: नेता महत

2018-05-28

जेठ १४ रसुवा | नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी गठबन्धनको मुल कारण कांग्रेस पराजित भएको बताएका छन् । 


नेपाल तरुण दल रसुवाले आइतबार धुन्चेमा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो हुन् । नेता महतले पार्टी भित्ररहेको आन्तरिक गुटबन्दीले पनि कांग्रेसले निर्वाचनमा हार बेहोरेको बताए। 

महतले भने:- 'निर्वाचनमा कांग्रेसले गरेको प्रचार शैली पनि फितलो थियो’ कम्युनिष्टहरु तिल जत्रो कुरालाई पहाड जत्रो बनाएर प्रचारप्रसार गर्थे हामीले पहाड जत्रो गरेको कामलाई तिल जत्रो हुने गरी पनि प्रचारप्रसार गर्न सकेनौं त्यसैले निर्वाचनमा पराजित भयौं ।’

नेकपा एक भए पनि अबको ५ वर्षमा पराजित गरेर कांग्रेसले बहुमतसहितको सरकार चलाउने पनि उनले दाबी गरे । त्यो कार्ययोजनाको साथ कांग्रेस अगाडि बढ्छ त्यसका लागि नेपाल तरुण दलमा आबद्ध युवाहरुलाई आजैबाट राम्रो कामको थालनीमा लाग्न महतले आग्रह समेत गरेका थिए ।

जनताको काम गर्ने पार्टी कांग्रेसमात्र भएको दाबी गर्दै नेता महतले प्रधानमन्त्रीले जनतालाई सपना बाँडेर बुद्धि भुट्ने काममात्र गरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै