२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिपी विचार राष्ट्रिय समाजको प्रदेश ३ स्तरीय भेला काठमाडौँमा हुने

२०७५, १६ जेष्ठ बुधबार ०८:३१

जेठ १६ काठमाडौँ | बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं. ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । 

समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा किन पराजित भयो भन्ने विषयमा समीक्षा हुने बताउनुभयो । 

“हारको जिम्मेवारी काँग्रेस केन्द्रीय समितिले लिए पनि हारको कारण कार्यकर्तालाई भनिएको छैन, कार्यकर्ता के कारण हार भयो भन्ने जान्न चाहन्छन्, काँग्रेस प्रभावकारी प्रतिपक्ष पनि बन्न नसकेका सम्बन्धमा भेलामा छलफल हुनेछ”–उहाँले भन्नुभयो । 

काँग्रेसका विरुद्ध सबै दल एकजुट भएकाले गणतन्त्र र धर्मरिपेक्षताका लागि पार्टीलाई प्रयोग मात्र गरिएको त होइन भन्ने आशंका भएको सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । 

काँग्रेससँगै प्रजातन्त्र र राष्ट्रियता समाप्त गर्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सजग हुन समाजले आह्वान गरेको छ । 

भेलामा ३ नं प्रदेशका १३ जिल्लाका समाजका सदस्यको सहभागिता रहने प्रदेश संयोजक खेमराज सेढाईंले बताउनुभयो । त्यस अवसरमा काँग्रेसले बिर्सन थालेको बिपी विचारका बारेमा समेत बहस हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा