२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको सय दिन उपलब्धिमूलक रहेन: उपसभापति निधि

२० जेष्ठ २०७५, आईतवार १०:५१

जेठ २० काठमाडौँ | नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको सय दिनको कार्य विवरण हेर्दा उपलब्धिमूलक नभएको बताउनुभएको छ । 

वन, वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले सरकारले संघीयता र समावेशीताविरुद्ध एकाधिकार कायम गरेको बताउँदै सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको बताउनुभयो । 

रक्सौल र कोराला नाकाबाट काठमाडौँमा रेल गुडाउने कुरा गरेर सरकारले भारत र चीनलाई रिझाउनेबाहेक अरु केही काम नगरेको बताउँदै उहाँले भन्नुभयो, “बर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले अल्झाएर राखेको छ, अब काठमाडौँमा रेल ल्याउने कुरा पनि त्यसैगरी अल्झाएर (होल्ड) गरेर राख्छ ।” 

अहिलेको सरकारले हुलाकी राजमार्गको काम अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उपसभापति निधिले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न, राष्ट्रिय एकताका लागि, विकास तथा समृद्धिका लागि आफ्नो पार्टीले सरकारलाई सकारात्मक रुपमा सहयोग गर्ने बताउँदै देश विकासका लागि आवश्यक गृहकार्य गर्न दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारले प्रयत्न गर्नुपर्ने उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’