१४ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिम्स्टेकको चौथो शिखर सम्मेलन भदौमा गर्न नेपालको प्रस्ताव

२० जेष्ठ २०७५, आईतवार १२:३४

जेठ २०,काठमाडौँ ।  नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौँमा आयोजना गर्न सदस्य राष्ट्रसँग प्रस्ताव अघि सारेको छ ।

मन्त्रिपरिषद्को सिंहदरबारमा आज बसेको बैठकले बिम्स्टेकको चौथो शिखर सम्मेलन आगामी भदौको १४ देखि १५ वा २१ देखि २२ गते नेपालमा आयोजना गर्न सम्बन्धित सदस्य राष्ट्रसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । 

त्यसका लागि आवश्यक उपसमिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । सन् १९९७ जुलाइमा स्थापना भएको बिम्स्टेकका सदस्य राष्ट्रमा नेपाल, वंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड र भुटान रहेका छन् । व्यापार र लगानी, प्रविधि, यातायात, पर्यटन, कृषि, सांस्कृति आदानप्रदान, वातावरण तथा विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण, आतंकवाद नियन्त्रण तथा सदस्य राष्ट्रका जनताबीचको सम्बन्ध विस्तारका लागि सामूहिक प्रयास गर्ने बिम्स्टेको मुख्य उद्देश्य रहेको छ । नेपाल अहिले बिम्स्टेकको अध्यक्ष राष्ट्र रहेको छ । 

सरकारले जिल्ला प्रशासन, इलाका प्रशासन, सीमा प्रशासन, अध्यागमन तथा कारागार कार्यालयको संगठन संरचना र कर्मचारीको दरबन्दी स्वीकृत गरेकाले आगामी दिनमा ती कार्यालयबाट सेवा प्रवाहमा सहजता आउने मन्त्री बाँस्कोटाले बताउनुभयो । 

मन्त्रिपरिषद्ले काठमाडौँ–तराई–मधेश दू्रतमार्ग (फाष्ट ट्रयाक) सडक आयोजना सञ्चालन कार्यविधि २०७५ लाई स्वीकृत गरेको छ । आयोजनालाई छिटो अघि बढाउने सन्दर्भममा विभिन्न निर्देशक समिति बनाएर अनुगमनलाई चुस्त तुल्याउने विषय पनि उक्त कार्यविधिमा परेको छ । 

गत वैशाखमा शुरु गरिएको विद्यार्थी भर्ना अभियानबाट अहिलेसम्म विद्यालय आउन नसकेका तीन लाख १३ हजार विद्यार्थीमध्ये अहिले अभियानपछि ६९ हजार विद्यार्थी विद्यालय बाहिर रहेकामा त्यसमध्ये प्रदेश नं २ मा ठूलो संख्या रहेका हँदा फेरि एकपटक दोस्रो चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसले हाम्रा बालबालिकालाई विद्यालयमा ल्याउने निर्णय भएको पनि मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । 

सरकारले कृषि जैविक विविधता संरक्षण तथा सदुपयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय पनि गरेको छ । बैठकले प्रशासकीय अदालतका सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद्मा पेश गर्ने निर्णय पनि गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाँदा यी सामान बोक्न नपाइने ६० लाख लगानीमा बनेको गीतको भिडियो सार्वजनिक (भिडियो) जीबी राईका मान्छे राष्ट्रपतिका सल्लाहकार छन्, सत्ताले बचाइरहेको छ : स्वर्णिम वाग्ले सुमनाले भनिन्- हामीलाई तर्साउन र धम्क्याउन खोज्छन्, प्रतिरोधका लागि तयार रहनू सन्दीपले गरे इन्स्टाग्राममा कुशल मल्ल बाहेक टिमका सबै सदस्यलाई अनफलो प्रचण्डसहित माओवादी नेताहरुविरुद्ध अख्तियारमा उजुरी राजेन्द्र लिङदेनको दाबी- ठूला तीन दल भ्रष्ट, रास्वपा हावा भारतीय विमानहरूलाई बमले उडाउने धम्की दिने व्यक्तिको खुल्यो पहिचान ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ : उपसभापति अर्याल विष्णु रिजालको दाबी- डीपी अर्याल र सन्तोष परियार बालुवाटार पुगेर रविलाई बचाउन हारगुहार गरे इजरायली आक्रमणमा ६० जनाको मृत्यु : लेबनान रास्वपा सांसद चौधरीसहित १७ जना पक्राउ (अपडेट) रास्वपा उपसभापति डिपी अर्याल किन पुगे गृहमन्त्री कहाँ ? शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गर्‍यो : रास्वपा रास्वपाका एक दर्जन नेता कार्यकर्ता पक्राउ (सूचीसहित) नेपालले एक घण्टाभन्दा बढी खेल रोकेको भन्दै भारतले साफमा उजुरी गर्ने आज मंगलबार पन्ध्र सयले बढ्दै सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम! रोड्रीले बालोन डि’ओर जित्दा किन रिसायो रियल म्याड्रिड ? कतार पठाइदिन्छु भन्दै ठगी गर्ने मलेसियन नागरिकसहित चार जना पक्राउ