१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायली आक्रमणमा ६० जनाको मृत्यु : लेबनान

१३ कार्तिक २०८१, मंगलवार १३:१४

बेरुत । इजरायली सेनाले लेबनानको पूर्वी बेक्का उपत्यकामा गरेको आक्रमणमा परेर कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

मर्नेमा २ जना बालबालिका पनि भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायलले सो आक्रमणमा बालबेक क्षेत्रका १२ स्थानमा निशाना बनाएको अधिकारीहरूले बताएका छन् ।

यस क्रममा अरू ५८ जना घाइते भएको मन्त्रालयको भनाई छ । उद्धार कार्य जारी रहेको भन्दै बीबीसीले समाचार छापेको छ । बालबेक क्षेत्र हिजबुल्लाहको बलियो गढ मानिन्छ । यस विषयमा इजरायली सेनाले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

गएको पाँच हप्ता यता इजरायलले हिजबुल्लाहको सञ्चालन, पूर्वाधार र हतियारमा लक्षित बनाएको भन्दै लेबनानभरि हजारौँ हवाई आक्रमण गरिसकेको छ । पछिल्लो आक्रमणलाई बालबेकका गभर्नर बाची खोद्रले गएको महिना इजरायलले हिजबुल्लाहविरुद्ध युद्ध चर्काएयताको सो क्षेत्रमा गरेको सबैभन्दा विध्वंसक आक्रमण भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’ अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्छ : राष्ट्रपति पौडेल स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : दातृ निकायको सहयोग कटौतीले चुनौती २०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने : सर्वोच्च अदालतको फैसला वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे” किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’ नेपाल-भारत सीमानाका बन्द हुने “‘मिसाइल देऊ, मस्को सिध्याउँछु’ — जेलेन्स्कीको जवाफमा ट्रम्पको उत्साहित”,” रुस भन्छ चिन्ता छैन “ “बिना भिसा, बिना सम्पर्क: गुफामै जीवन बिताउँदै आएकी विदेशी महिला,२छोरीसहित फेला” एमालेले बोलायो सचिवालय बैठक पेट्रोल र डिजेलको मूल्य घट्यो सुनचाँदीको मूल्य घट्यो भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत