२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थी संगठनको हड्तालले देशभरका शिक्षण संस्था प्रभावित

२०७५, २१ जेष्ठ सोमबार ०७:३३

जेठ २१, काठमाडौँ । साना दलका विद्यार्थी संगठनको शैक्षिक हड्तालले सोमबार देशभरका शिक्षण संस्था ठप्प भएका छन् ।

निजी विद्यालयले बढाएको भर्ना र मासिक शुल्क फिर्ता गर्नु पर्नेलगायतका माग राखेर सत्तारूढ संघीय समाजवादी फोरमसहितका पार्टीका विद्यार्थी संगठनले हड्ताल गरेका हुन् ।

हड्ताल गर्नेमा नयाँ शक्ति नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत ८ दलका विद्यार्थी संगठन छन् ।

हड्तालले देशभरका निजी विद्यालयमा पढाइ ठप्प भएको निजी तथा आवासीय विद्यालयको संगठन (प्याब्सन) का अध्यक्ष विजय सम्वाहाम्फेले बताए ।

`विद्यालय पुरै ठप्प भयो । हामीले अस्वभाविक शुल्क लिएको पनि छैन´ उनले भने। शुल्क वृद्धिका विषयमा यसअघि ठूला दलका विद्यार्थी संगठनले पनि आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

शिक्षा मन्त्रालयले ठूला दलका विद्यार्थी संगठनसँग वार्ता गरेको थियो। मूल्य समायोजन गर्ने सहमति भएपछि ठूला विद्यार्थी संगठनले आन्दोलन फिर्ता लिएका थिए । वार्तामा साना दलका विद्यार्थी संगठनलाई भने बोलाइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो